फिल्ममा मेकअप गर्न फिटिक्कै रुचाउँदिनन् अभिनेत्री साई पल्लवी, यस्तो छ रहस्य

तेलुगु अभिनेत्री साई पल्लवी साई साउथ इंडस्ट्रीमा निकै चर्चित अभिनेत्री हुन्। उनको सामाजिक सञ्जालमा लाखौँ फ्यान छ। साईको केहि तस्विर सामाजिक सञ्जालमा भाइरल भईरहन्छ। उनले आफ्नो करियरको सुरुवात प्रेमम फिल्मबाट गरेकी थिइन् र पहिलो फिल्मबाट साई दर्शकको मनमा छाएकी थिइन्। थाहा पाउनुहोस उनको अनौठा कुरा:

के तपाईलाई थाहा छ साई पल्लवी कहिले पनि अभिनेत्री बन्न चाहदिनथिन्। उनले  मेडिकलको  डिग्री लिएकी थिइन्। यदि उनी अभिनेत्री नबनेको भए उनी एक कार्डियोलजिस्ट हुन्थिन्। जब उनी २०१४ सालमा पढिरहेकी थिइन  तब उनलाई  फिल्म  ‘प्रेमम’ मा ‘मलार’ को भूमिकाको अफर भएको थियो। यसको लागि उनले साउथको  फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् ।  त्यसपछि  उनको  मलयालम फिल्म ‘काली’ पनि चर्चित भएको थियो र  साई पल्लवीको अभिनयलाई निकै मन पराईएको थियो।

अभिनेत्री हुनुको साथै साई एक डान्सर पनि हुन्। साई कहिले पनि डान्सको ट्रेनिंग लिएकी थिइन्। अहिलेसम्म  पल्लवीले १५ फिल्ममा काम गरिसकिन्। साई पल्लवी प्राय फिल्ममा मेकअप बिना नै देखिन्छिन्। यसकारण उनी सिने प्रेमीमा निकै लोकप्रिय छिन्। साई आफ्नो फिल्ममा मेकअप लुक्समा कमै मात्रामा आउँछिन्।

साई पल्लवी ‘सिंघम’ को भूमिका निभाउने सुपरस्टार सूर्यासँग ‘एनजीके’ मा देखिसकेकी छन्। उनको सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन्। साईले दुई करोडको फेयरनेस क्रिमको विज्ञापन समेत अस्विकार गरेकी थिइन् । यो क्रीम गोरोपनको लागि थियो।

साई पल्लवीले  सौदर्य प्रसाधन आफुलाई मन नपर्ने बताउदै उनले सुन्दर देख्नको लागि मेकअपको प्रयोग नगर्ने बताएकी थिइन्। साथै उनले  कुनै चीजको प्रमोशनको हिस्सा पनि बन्न नचाहने र  यस्ता प्रमोशनले मान्छेलाई भ्रमित गर्ने बताएकी थिइन् । साईको अनुसार प्राकृतिक कुरा नै  धेरै राम्रो हुन्छ।

प्रकाशित : आइतबार, असोज १६, २०७९१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वैवाहिक बन्धनमा बाँधिए गायक कमल खत्री र गायिका मेलिना मैनाली