आउँदो ४ दिन गर्नुहोस् यस्ता उपाय, दूर हुनेछ सबै दु:ख-कष्ट र हुनेछ धनको वर्षा !

शारदीय नवरात्र सुरु भइसकेको छ भने देशैभर दुर्गा मन्दिरमा भक्तजनहरुको भिडभाड रहेको छ। नवारात्रि असोज १८ गते समाप्त हुँदैछ भने असोज १९ गते विजया दशमी मनाइंदै छ। भनिन्छ यदि तपाईं गरिबी, रोग, मानसिक तनाव वा समस्याबाट गुज्रिरहनु भएको छ भने नवरात्रिमा केही वास्तु उपायहरु गर्न सकिन्छ, ताकि तपाईं कठिनाइहरूबाट मुक्त हुन सक्नुहुन्छ। आउनुहोस् जानौं यस्ता विशेष उपायको बारेमा…

नवरात्रिमा गर्नुहोस् यस्ता वास्तु उपाय 

नवरात्रिमा दुर्गा माताको मन्दिरमा जानुहोस् र रातो रंगको कपडा चढाउनुहोस्। माता दुर्गालाई रातो रंग अति प्रिय हुने र यस रंगको कपडा चढाउँदा परिवारमा आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ। साथै व्यक्तिका सबै बाँकी रहेका कामहरू पूरा हुन्छन्।

स्वस्तिक 

नवरात्रिको दिन घरको मुख्य प्रवेशद्वारमा दुवैतिर सिन्दुरले स्वस्तिक बनाउनुहोस्। यसपछि पानीमा बेसारको धुलो छर्केर पीपलको रुखमा अर्पण गर्नुहोस्। यो वास्तु उपायले घरबाट नकारात्मक ऊर्जालाई टाढा राख्छ र सकारात्मक ऊर्जाको प्रवाह बढाउँछ भन्ने विश्वास गरिन्छ।

यस्तो उपाय 

शारदीय नवरात्रिमा घरको मुख्य प्रवेशद्वारमा आँपको पातको तोरण राख्नुहोस्। भनिन्छ कि यसले खराब ऊर्जा नष्ट गर्छ र घरमा धनको प्रवाह बढाउँछ। यसो गर्नाले घरको वास्तु दोष पनि हट्छ।

पानको उपाय 

नवरात्रिको समयमा पानको दुबै छेउमा तोरीको तेल लगाउनुहोस्। त्यसपछि माता दुर्गालाई त्यो पान अर्पण गर्नुहोस् र साँचो हृदयले प्रार्थना गर्नुहोस्। पूजा गरेपछि त्यो पान टाउको मुनि राखेर सुत्नुहोस्। यसो गर्नाले व्यापार तथा जागिरको समस्या हट्ने बताइएको छ।

यस्तो उपायले प्रशन्न हुन्छिन् माता लक्ष्मी 

शारदीय नवरात्रिमा मुख्य द्वारबाट घर भित्र पस्ने बित्तिकै माता दुर्गाको पदचिह्न बनाउनुहोस्। यसो गर्नाले लक्ष्मीको कृपा हुने र ऐश्वर्य प्राप्त हुने जनविश्वास रहेको छ। साथै परिवारका सदस्यहरु पनि स्वस्थ रहन्छन्।

प्रकाशित : शुक्रबार, असोज १४, २०७९१७:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बडा दशैंको पूर्णिमा हुनेछ निकै खास, यसरी लक्ष्मीको पूजा गर्दा मिल्छ अपार सफलता !