बडा दशैंको पूर्णिमा हुनेछ निकै खास, यसरी लक्ष्मीको पूजा गर्दा मिल्छ अपार सफलता !

धार्मिक मान्यता अनुसार दियोको पर्व तिहारको हिन्दू धर्ममा विशेष महत्त्व राख्छ। मानिसहरु वर्षभरि यसको प्रतीक्षामा छन् । यस पटक तिहार-लक्ष्मीपूजा कार्तिक ७ गते मनाइँदैछ । धार्मिक मान्यता अनुसार यस दिन माता लक्ष्मीको पूजा गरिन्छ तर लक्ष्मीको पूजाको १५ दिन अगाडि पनि माता लक्ष्मीको एक विशेष दिन हुन्छ । यस दिन माता लक्ष्मीको विशेष पूजा पनि गरिन्छ । यस दिनलाई शरद पूर्णिमा वा कोजागरी भनिन्छ। यस वर्ष शरद पूर्णिमा असोज २३ गते परेको छ ।

आश्विन शुक्ल पक्षको पूर्णिमालाई शरद पूर्णिमा भनिन्छ। शारद पूर्णिमाको दिन माता लक्ष्मीलाई प्रसन्न पार्न रातभर जाग्राम बसेर उनको भजन-कीर्तन गरिन्छ। यो रातमा देवराज इन्द्र स्वयम् पृथ्वीमा आएर आशीर्वाद दिने जनविश्वास रहेको छ ।

शारद पूर्णिमाका दिन विधिपूर्वक लक्ष्मीको पूजा गर्ने व्यक्तिले रातभर जाग्राम बसेपछि माता लक्ष्मीको विशेष कृपा प्राप्त हुन्छ । यस दिन माता लक्ष्मीको प्रवेशका लागि मानिसहरूले घरको ढोकादेखि पूजा स्थलसम्म पाइला बनाउँछन्। यस दिन लक्ष्मीको प्रसादको रूपमा खीर बनाउने चलन पनि छ ।

यस दिन जागाराम बसेर राति लक्ष्मी मातालाई खीर चढाइन्छ । यस दिन खीरमा चन्द्रमाको ज्योति पर्दा अमृतका थोपा परे जस्तै हुने जनविश्वास छ । त्यसैले धेरैजसो मानिसले राति चन्द्रमाको उज्यालोमा गाईको दूधबाट बनेको खीरलाई प्रसादको रूपमा राख्छन् ।

प्रकाशित : शुक्रबार, असोज १४, २०७९१७:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुर्गा पक्षको छैटौँ दिन आज गर्नुहोस् कात्यायनीे देवीको पूजा ! कसरी गर्ने ?