यी ४ राशिका व्यक्ति हुन्छन् अत्यन्त भाग्यमानी र कमाउँछन् अथाह धन

ज्योतिषशास्त्रका अनुसार कुनै पनि व्यक्तिको भाग्य उसको जन्मेको समय, ग्रहको स्थिति र नक्षत्रको चालबाट थाहा पाउन सकिन्छ। धन कमाउने चाहना हरेक मानिसमा हुन्छ। राशिले कुनै पनि मानिसको जीवनमा महत्वपूर्ण भूमिका खेल्छ। राशिअनुसार हरेक मानिसको स्वभाव पनि फरक-फरक हुन्छ। जन्म कुण्डलीमा ग्रह-नक्षत्रको चालबाट कुनै पनि व्यक्तिको जीवनमा कति प्रगति हुन्छ भनेर अनुमान लगाउन सकिन्छ। यस्तोमा आज हामी यस्ता ४ राशिका व्यक्तिको बारेमा कुरा गर्दैछौं जुन राशिका मानिस भाग्यमानी र अघिक धन कमाउने ज्योतिषशास्त्रले बताएको छ। जान्नुहोस् एई ४ राशि कुन-कुन हुन् त ?

मेष राशि 

मेष राशिको स्वामी मंगल ग्रह हो। मेष राशिमा मानिसमा मंगल ग्रहको विशेष कृपा रहन्छ। यस राशिका मानिसमा धन प्राप्त गर्ने इच्छा अधिक हुने गर्छ। यी मानिसले आफ्नो जीवनमा अधिक परिश्रम गरेर ठूला भन्दा ठूला सफलता प्राप्त गर्छन्।

वृष राशि 

यस राशिको स्वामी ग्रह शुक्र हो। ज्योतिषशास्त्रका अनुसार शुक्र ग्रहलाई भौतिक सुख सुविधा र धन वैभवको प्रतिक मानिन्छ। त्यसैले, यस राशिका मानिसमा शुक्र ग्रहको विशेष कृपा रहन्छ। भाग्यको साथ मिल्नुका साथै परिश्रम पनि धेरै गर्ने यस राशिका मानिसको जीवनमा कहिल्यै पनि धनको कमी हुँदैन।

कर्कट राशि 

कर्कट राशिको स्वामी चन्द्र ग्रह हो। ज्योतिषशास्त्र अनुसार चन्द्रमालाई जल तथा शीतलताको प्रतिक मानिन्छ। यी राशिका मानिसहरु जस्तोसुकै कठिन काम गर्नु परे पनि पछि हट्दैनन्। सानै उमेरका धेरै परिश्रम गर्न पछि नपर्ने यी मानिसले आफ्नो जीवनमा अनेक प्रगति गर्छन्। यस राशिका मनीको जीवनमा कहिल्यै पनि कमी हुँदैन।

सिंह राशि 

सिंह राशिको मानिसमा सूर्यको प्रभाव रहने भएकाले यी मानिस निकै तेज हुन्छन्। यस्ता व्यक्ति निकै क्षमतावान हुने गर्छन्। निकै मेहेनती स्वभावका यी मानिस आफ्नो जीवनमा अथाह धन कमाउँन सफल हुन्छन्। अधिक मेहनतका कारण उनीहरुको घरमा कहिल्यै पनि धनको कमी हुँदैन। सिंह राशिका मानिसको जीवन धनले भरिपूर्ण हुन्छ।

प्रकाशित : बिहिबार, असोज १३, २०७९१४:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्टोबरको पहिलो साता यी ५ राशिलाई रहनेछ निकै शुभ, कुन-कुन ?