अक्टोबरको पहिलो साता यी ५ राशिलाई रहनेछ निकै शुभ, कुन-कुन ?

वैदिक ज्योतिषमा ग्रहहरूको चालको विशेष महत्व छ। ग्रह र नक्षत्रहरूको चालले सबै १२ राशि चिन्हहरूमा प्रभाव पार्छ। ग्रहहरूको चालका कारण कतिपय राशिलाई शुभ फल मिल्छ भने कतिपय राशिले अशुभ फल प्राप्त गर्छन्। साप्ताहिक राशिफलको गणना ग्रहहरूको चालबाट गरिन्छ। अक्टोबरको पहिलो साता ग्रहहरूको चालका कारण केही राशिका लागि निकै शुभ रहनेछ। आउनुहोस्, जानौं अक्टोबरको पहिलो साता कुन राशिका लागि भाग्यशाली रहनेछ-

मिथुन राशि 

मनमा शान्ति मिल्नेछ। आत्मविश्वास बढ्नेछ, तर आत्मसंयम रहनुहोस्। आमाबाट धन प्राप्तिको सम्भावना छ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ। प्रगतिको बाटो खुल्नेछ।

सिंह राशि 

आत्मविश्वास बढ्नेछ। घरपरिवारमा धार्मिक कार्य सम्पन्न हुनेछन्। सन्तान सुखमा वृद्धि हुनेछ। उच्च शिक्षाका लागि वैदेशिक यात्राको सम्भावना छ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना रहेको छ। जीवनसाथीको सहयोग मिल्नेछ।

तुला राशि 

शैक्षिक कार्यमा वृद्धि र सम्मान हुनेछ। आत्मविश्वास बढ्नेछ। काममा जोश र जाँगर रहनेछ। कार्यक्षेत्रमा विस्तार हुनसक्छ। स्थानान्तरणको सम्भावना पनि छ। उच्च-अधिकारीहरुको सहयोग मिल्नेछ। धार्मिक स्थलमा जान सकिनेछ। साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक राशि 

आम्दानी बढ्नेछ। आमाबाट धन प्राप्ति हुनसक्छ। कला संगीतमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। घरजग्गाबाट आम्दानीका स्रोतहरू विकास हुनेछन्।

मीन राशि 

आमाको साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धात्मक परीक्षामा सुखद नतिजा मिल्नेछ। परिवारमा धार्मिक काम हुनेछ। सवारी साधनको आनन्द बढ्नेछ। काममा अधिकारीको सहयोग मिल्नेछ। प्रगतिको बाटो प्रशस्त हुनेछ। आम्दानी बढ्नेछ।

प्रकाशित : बिहिबार, असोज १३, २०७९१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सबैभन्दा शुभ ग्रह सिधा चाल चल्दै, यी राशिको हुनेछ भाग्योदय: हुनेछ लाभै-लाभ !