अनुसन्धान भन्छ – ‘कुकुरले बुझ्छन् मानिस तनावमा भएको’

वासिंगटन,  हामीले पाल्ने कुकुरले फेरि एक पटक प्रमाणित गरेका छन् कि तिनीहरू हाम्रा भावनाहरूमा राम्रोसँग मिल्छन् । हालैको एक अध्ययनले यस्तो देखाएको हो । क्वीन्स युनिभर्सिटी बेलफास्टका अन्वेषकहरूले गरेको नयाँ अध्ययन अनुसार कुकुरहरूले आफ्नो पसिना र सासबाट मानिसमा तनाव पत्ता लगाउन सक्छन् ।

वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि कुकुरहरूले हाम्रो सास र पसिनामा तनावको गन्ध लिन सक्छन् । अध्ययनका लागि चार वटा पाल्तु कुकुरलाई तीनवटा सुगन्धित क्यानिस्टर (सिलिण्डर आकारका चार डिब्बा) मध्ये एउटा ‘छनोट’ गर्न तालिम दिइएको थियो ।

७०० मध्ये ६५० भन्दाबढी परीक्षणहरूमा तिनीहरूले सफलतापूर्वक पसिना वा सासको नमूना पहिचान गरे जुन तनावग्रस्त व्यक्तिबाट लिइएको थियो । यस बारेको रिपोर्ट प्लोस वन जर्नलमा प्रकाशित छ ।

क्वीन्स युनिभर्सिटी बेलफास्टका अन्वेषकहरूले आफ्नो अध्ययनले थेरापी कुकुरहरूको तालिममा मद्दत गर्ने आशा गरेका छन् । स्कूल अफ साइकोलोजीका क्लारा विल्सन (पीएचडी शोधकर्ता) र केरी क्याम्पबेल (एमएससी विद्यार्थी) ले सो अध्ययन गरेका थिए । अध्ययनमा बेलफास्ट काउन्टीका चार कुकुर ट्रिओ, फिनगल, सुट , विनी र ३६ जना मानिस संलग्न थिए ।

प्रकाशित : बिहिबार, असोज १३, २०७९११:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारकै सबैभन्दा सुन्दर अनुहार छ यस अभिनेत्रीको, विज्ञानले पनि गर्यो पुष्टि