संसारकै सबैभन्दा सुन्दर अनुहार छ यस अभिनेत्रीको, विज्ञानले पनि गर्यो पुष्टि

एजेन्सी- विश्वको सबैभन्दा सुन्दर महिलाको उपाधि धेरै सुन्दरीलाई दिइएको छ तर यो सूचीमा भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चनको नाम शीर्ष स्थानमा छ । यस पटक हलिउडकी यी सुन्दरीले ऐश्वर्याबाट यो उपाधि खोसेकी छिन् । यो अरु कोही होइन एम्बर हर्ड हुन् । जो हालै जोनी डेपसँग घरेलु हिंसाको मुद्दा लडिरहेका थिइन् ।

एक अनुसन्धानका अनुसार अभिनेत्रीको अनुहारले विज्ञानको हरेक सेट मापदण्ड पूरा गरेको छ, त्यसपछि एम्बर ह:र्ड अब विश्वको सबैभन्दा सुन्दर महिलाको सूचीमा सामेल भएकी छिन् । बेलायतका एक कस्मेटिक सर्जनले गरेको अध्ययनका अनुसार एम्बर हर्डको अनुहारको विशेषता, आँखा, ओठ र अनुहारको आकारको विश्लेषण गरिएको थियो । त्यसपछि नतिजामा उनको अनुहार एकदमै सुन्दर रहेको पाइएको थियो ।

मिडिया रिपोर्टका अनुसार बेलायती कस्मेटिक सर्जन डाक्टर जुलियन डी सिल्भाले अध्ययनपछि एम्बर हर्डको अनुहार विज्ञानको सेट स्केलको करिब ९१ प्रतिशत मिल्ने बताए ।  एम्बर हर्ड हालै मानहानिको मुद्दाका कारण चर्चामा थिइन् । धेरै दिनको कानुनी लडाई पछि, एम्बर मुद्दा हारेकी थिइन्। एम्बर हर्डले सन् २०११ मा एक फिल्मको सेटमा जोनीसँग भेट भएको थियो ।

प्रकाशित : आइतबार, असोज १६, २०७९१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा मात्र होइन, यी देशमा पनि मनाइन्छ दशैं !