आफूलाई यसरी सुन्दर बनाउँछन् रुसी युवती, संसारकै राम्री युवती हुन्छन् रुसमा

एजेन्सी : रूसी महिलाको सौन्दर्यको रहस्य : संसारभर रूसी महिलाको सौन्दर्यलाई उदाहरणको रुपमा पेश गरिन्छ र उनीहरुलाई संसारको सबैभन्दा सुन्दर महिला मानिन्छ। रूसी महिलाहरुका त्वचा चमकदार हुन्छ, आकर्षक रुप, उचाई राम्रो र कपाल पनि निकै लोभलाग्दो हुन्छः। रूसी युवतीहरू आफ्नो त्वचा र कपालको धेरै हेरचाह गर्छन्।

रूसी युवतीहरु आफ्नो रुपको पनि धेरै ख्याल गर्छन्। जसरी नुहाउनु र ब्रस गर्नु सबैको जीवनको एक महत्त्वपूर्ण भाग हो, त्यसैगरी आफ्नो सौन्दर्य कायम राख्नु पनि रूसी युवतीहरूको जीवन शैलीको भाग हो। आखिर कसरी रूसी युवतीहरु आफ्नो त्वचा र कपालको हेरचाह गर्छन् त ? उनीहरुको सुन्दरताको रहस्या के हो त ?

प्राय: रूसी युवतीहरुका कपाल चमकदार हुन्छन्। रुसी म्यागजिन Evie Magazine को अनुसार रूसी महिलाहरुले कपाललाई स्वस्थ राख्न प्राकृतिक रूपमा कपाल सुकाउने गर्छन्। उनीहरुले हेयर ड्रायर वा अन्य उपकरण प्रयोग गर्दैनन्। यसो गर्दा उनीहरुको कपालको अवस्था राम्रो हुन्छ र कपाल लामो, घना र चमकदार रहन्छ।

प्रसिद्ध इन्स्टाग्राम इन्फ्लुएन्सर तथा मोडेल नास्तासिया ओवेचकिना (Nastasiya Ovechkina) सहित थुप्रै रसियन अभिनेत्रीहरु आफ्नो रेशमी कपालको लागि धेरै प्रसिद्ध छन्। उनीहरुले अन्तर्वार्ताका क्रममा कपालमा घरेलु मास्क लगाउने बताए। जसकारण कपालमा रसायनको पहुँच हुँदैन र कपाल चम्किलो रहन्छ।

भनिन्छ, रुसकी महारानी क्याथरिन द ग्रेटले पनि आफ्नो छालालाई राम्रो बनाउन हरेक बिहान अनुहार र गर्दनमा बरफको टुक्रा लगाउँथिन्। अधिकांस रूसी युवतीहरु आफ्नो त्वचालाई मुलायम राख्नको लागि आइस क्युब या जेड रोलरको प्रयोग गर्छन्। यदि कोहीँ आफ्नो त्वचालाई मुलायम र चमकदार राख्न चाहनुहुन्छ भने अनुहार धोएपछि मोइस्चराइजर लगाउनुअघि पातलो कपडामा बरफको टुक्रा बेरेर त्वचामा सुस्तरी रगड्नुहोस्।

यदि तपाई बरफ प्रयोग गर्न चाहनुहुन्न भने यसको सट्टा जेड रोलरको प्रयोग गर्नुहोस्। जेड रोलरलाई रातभरको लागि फ्रिजमा राख्नुहोस् र बिहान त्वचामा लगाउनुहोस्।

जाडोमा त्वचा निकै सुख्खा हुन्छ र रूसमा धेरै जाडो हुन्छ। रूसी युवतीहरु आफ्नो त्वचालाई रूखोपन र सुख्खापनबाट जोगाउनको लागि मिल्क बेस्ड क्लिन्जर प्रयोग गर्छन्। उनीहरु आफ्नो त्वचालाई ठिक राख्नको लागि सधैँ मिल्क बेस्ड क्लिन्जर प्रयोग गर्छन् किनकी रसायनयुक्त क्लिन्जर प्रयोग गरेमा त्वचाको प्राकृतिक तेललाई अवशोषित गर्छ।

रूसमा अहिले पनि महिला र युवतीहरु स्टिम लिन्छन् जुन नेपालमा प्रचलित साउना बाथ जस्तै हुन्छ। स्टिम कोठामा बस्दा त्वचाका सुक्ष्म छिद्रहरु खुल्छन् र विषाक्त पदार्थ शरीरबाट निक्लन्छन्। यसले छालालाई पनि नरम बनाउँछ।

रूसी महिलाहरु आफ्नो सौन्दर्य बढाउन भान्साको सामानको प्रयोग गर्छन्। एक अध्ययनअनुसार २० औँ शताब्दीअघि रूसमा सौन्दर्य उत्पादनहरु उपलब्ध थिएन। त्यसैले त्वचाको हेरचाहको लागि उनीहरुले भान्साकै सामान प्रयोग गर्दथे। गर्मीमा स्ट्रबेरी आउँदा त्यसबाट फेस मास्क बनाएर लगाउँथे। यसबाहेक अरु थुप्रै फलहरुको प्रयोग गरी फेस मास्क बनाउँथे।

आफ्नो वजनलाई सन्तुलित राख्नको लागि रूसी युवतीहरु हट बडी र्याप्सको सहारा लिन्छन्। हट बडी र्याप्स बनाउन रूसी महिलाहरु आफ्नो पेट र तिघ्रामा मह लगाउँछन् र त्यसलाई इन्सुलेटिङ लेयर्सले छोप्छन् र त्यसपछि ३० मिनेटसम्म कम्बलले छोप्छन्। केही समयमै गर्मी हुन थाल्छ र मेटाबोलिज्म बढ्न थाल्छ।

यसबाहेक रूसी युवतीहरु सधैँ आफ्नो मानसिक स्वास्थ्यको पनि विशेष ख्याल राख्छन्। उनीहरु धेरै तनाव लिदैनन् र सधैँ खुशी रहने प्रयास गर्छन्। उनीहरु सधैँ सन्तुलित भोजनलाई रोज्छन्।

प्रकाशित : मङ्गलबार, असोज ११, २०७९०९:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुसन्धान भन्छ – ‘कुकुरले बुझ्छन् मानिस तनावमा भएको’