मेष राशि
मन प्रशन्न रहनेछ तर डरले विचलित हुन सक्छ। वैदेशिक रोजगारीमा जाने सम्भावना छ। यात्रा लाभदायक हुनेछ। साथीभाइको सहयोगमा सम्पत्तिमा लगानी गर्न सकिनेछ। व्यापार व्यवसायमा सुधार आउनेछ। क्रोध र आवेगको अत्याधिकता रहनेछ। पारिवारिक समस्याले सताउन सक्छ। धार्मिक स्थलको भ्रमणको कार्यक्रम बन्न सक्छ। सम्बन्धमा मधुरता आउनेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्।
वृष राशि
आमाको स्वास्थ्यको ख्याल गर्नु होला। जीवन कष्टदायी हुन सक्छ। जीवनसाथीको सहयोग मिल्नेछ। खर्च बढ्नेछ। बोलीमा कोमलता रहनेछ। कतै रोकिएको पैसा फिर्ता हुन सक्छ। व्यापार व्यवसायमा थप मिहिनेत हुनेछ। मनलाई शान्ति मिल्नेछ। साथीभाइको सहयोग मिल्नेछ। खर्च धेरै हुनेछ। भौतिक सुखमा वृद्धि हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याबाट केही राहत मिल्नेछ।
मिथुन राशि
कार्यक्षेत्रमा सुधार आउनेछ। रमणीय यात्रामा जाने योग पनि बनिरहेको छ। अनावश्यक झगडा र विवादबाट टाढा रहनुहोस्। अचानक धन प्राप्त हुनेछ। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। खानपानमा ध्यान दिनुहोस्। स्वभावमा चिडचिडापन रहनेछ। मानसिक समस्या रहनेछ। अतिरिक्त खर्च पनि हुनेछ। केही नयाँ जिम्मेवारी पनि पाउन सकिनेछ।
कर्कट राशि
अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। लेखन–बौद्धिक कार्यमा व्यस्तता बढ्नेछ। आकस्मिक धन प्राप्तिको सम्भावना छ। मन विचलित हुन सक्छ। दाजुभाइसँग यात्राको योजना बन्न सक्छ। कपडा आदिमा खर्च बढ्न सक्छ। मनमा आशा र निराशाको मिश्रित भावना रहनेछ। परिवारमा वैचारिक मतभेद हुन सक्छ।
सिंह राशि
मन शान्त रहनेछ। कला वा संगीतमा रुचि बढ्न सक्छ। मिष्ठान्न खानेकुरामा रुचि बढ्न सक्छ। काममा उन्नतिको अवसर मिल्न सक्छ। आम्दानी बढ्नेछ। शैक्षिक वा बौद्धिक कार्यले सुखद नतिजा दिनेछ। सम्मान मिल्नेछ। कार्यस्थलमा निराशा र असन्तुष्टिको अनुभूति हुनेछ। प्रतिकूलताको सामना पनि गर्नुपर्ने हुनसक्छ। काम बढी हुनेछ।
कन्या राशि
आत्मविश्वास पूर्ण रहनेछ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। दाजुभाइको साथ मिल्न सक्छ। साथीभाइको सहयोगले व्यापारमा परिवर्तनको सम्भावना छ। क्रोधको क्षण र सन्तुष्टिको भावना रहनेछ। नोकरीमा उच्च-अधिकारीहरूसँग वैचारिक मतभेद हुन सक्छ। सन्तानको स्वास्थ्यले मन चिन्तित रहन सक्छ।
तुला राशि
आम्दानीमा ह्रास आउन सक्ने र खर्च बढी हुने अवस्था आउन सक्छ। पिताबाट धन प्राप्त हुनेछ। स्वास्थ्यको ख्याल गर्नु होला। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। अभिभावकबाट सहयोग मिल्नेछ। आम्दानी स्थितिमा सुधार आउनेछ। धैर्यता कम हुनेछ। जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। मन अशान्त रहन सक्छ।
वृश्चिक राशि
काममा प्रगतिको बाटो खुल्नेछ। आम्दानी बढ्नेछ। कार्यभार पनि बढ्नेछ। स्वास्थ्यको ख्याल गर्नु होला। बोलीमा कोमलता रहनेछ। व्यवसाय विस्तारमा दाजुभाइको सहयोग मिल्नेछ। काममा उच्च पद प्राप्त गर्न सकिनेछ। कार्यक्षेत्र बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। शिक्षा क्षेत्रमा अप्रत्याशित सफलता हात लाग्नेछ।
धनु राशि
पारिवारिक जीवन सुखमय रहनेछ। काममा उन्नतिको अवसर मिल्न सक्छ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। परिवारमा मान सम्मान बढ्नेछ। साथीभाइसँग यात्राको योजना बन्न सक्छ। कार्यस्थलमा समस्या बढ्न सक्छ। कुराकानीमा ध्यान दिनुहोला। दाजुभाइको सहयोगले आम्दानीका साधनहरू बन्न सक्छन्। दाम्पत्य जीवन सुखमय रहनेछ।
मकर राशि
आलस्य बढ्नेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। आम्दानी बढ्नेछ। कार्यस्थलमा श्रम बढी हुनेछ। जीवन अस्तव्यस्त हुनेछ। मन अशान्त रहनेछ। स्वभावमा जिद्दी पनि आउन सक्छ। पारिवारिक समस्याले सताउन सक्छ। अव्यवस्थित खर्च बढ्नेछ। सम्बन्धमा मधुरता आउनेछ।
कुम्भ राशि
आत्मविश्वासमा कमी आउनेछ। व्यापार व्यवसायमा साथीभाइको सहयोगले लाभको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ तर खर्च पनि बढ्न सक्छ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। परिवारसँग यात्राको योजना बन्न सक्छ। अव्यवस्थित खर्च बढ्नेछ। व्यापार व्यवसायमा अवरोध आउन सक्छ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको सहयोग मिल्नेछ।
मीन राशि
मनमा आशा र निराशाको भावना आउन सक्छ। धार्मिक कार्यमा संलग्नता बढ्न सक्छ। व्यापारको लागि यात्रा लाभदायक हुनेछ। परिवारमा द्वन्द्वबाट बच्नुहोला। दिदीबहिनी तथा दाजुभाइको सहयोग मिल्नेछ। आकस्मिक धन प्राप्त हुनेछ। काममा उन्नतिको अवसर मिल्न सक्छ। आम्दानी बढ्नेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। अनावश्यक चिन्ताले मन विचलित हुन सक्छ।