मेष राशि
यो साता यस राशिका मानिसलाई सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख पनि मिल्नेछ। कार्यक्षेत्रमा उच्च-पदाधिकारीले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। यो समयमा तपाईंको हरेक इच्छा र आकाङ्क्षा पूरा हुनसक्छ। परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ। व्यापार-व्यवसाय क्षेत्रमा विशेष लाभ हुने देखिन्छ।
वृष राशि
यो साता मनमा चिन्ता, दुबिधा, अशान्ति तथा चञ्चलता आउन सक्छ। परिवारका लागि धेरै समय नपाउँदा मन खिन्न रहन सक्छ। जिम्मेवारीपूर्वक गरेको काममा पनि समस्या आउन सक्छ, सजग रहन आवश्यक रहेको छ। मध्य सातामा चिताएको कामले तीव्रता लिने सम्भावना रहेको छ। एक कामबाट एकैसाथ दोहोरो लाभ मिल्न सक्छ।
मिथुन राशि
रमणीय तथा लाभदायक यात्राको सम्भावना रहेको छ। मनोरञ्जन गतिविधिमा सहभागिता हुने अवसर मिल्नसक्छ। धार्मिक कार्यमा सहभागीको अवसर मिल्नेछ। शेयर बजार तथा अन्य क्षेत्रमा गरेको लगानीले पनि राम्रै लाभ दिनेछ। जग्गाजमिनको कारोबारमा राम्रो प्रतिफल आउन सक्छ।
कर्कट राशि
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पन्न हुने सम्भावना उच्च रहेको छ। आम्दानी बढ्नेछ, आकस्मिक धन लाभ मिल्ने सम्भावना पनि रहेको छ। लामो समयदेखि कतै रोकिएको पैसा फिर्ता आउन सक्छ। साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, सावधान रहनुहोला। यात्रामा पनि विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।
सिंह राशि
यो साता सामाजिक क्षेत्रबाट मानसम्मान मिल्ने सम्भावना देखिन्छ। विशेष व्यक्तिको साथ सहयोगले हरेक कार्य सम्पन्न हुनसक्छन्। लामो तथा रमणीय यात्राको योग रहेको छ। तर जिद्दीपनाले गर्दा केही काम बिग्रने डर छ। हरेक कार्यमा विचार पुर्याएर निर्णय लिनु राम्रो होला।
कन्या राशि
यस राशिका मानिसका लागि यो साता मिश्रित रहनेछ। समय व्यवस्थापन गर्न गारो पर्नेछ। अनावश्यक वाद-विवादमा नपरेको नै राम्रो हुनेछ। मध्य सातामा साथी-भाइको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पन्न हुनेछ। सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।
तुला राशि
यो साता तपाईंको बोलीले प्राय: कार्य सफल हुनसक्छ। रमणीय तथा सुख यात्राको योग बन्न सक्छ। आकस्मिक धन लाभ मिल्ने प्रबल सम्भावना रहेको छ। आयका श्रोतमा वृद्धि हुने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ। प्रेम जीवन सबल र सफल रहनेछ। वैदेशिक क्षेत्रमा जाने सम्भावना पनि रहेको छ।
वृश्चिक राशि
असोज महिनाको दोस्रो साता राजनीतिक कार्यमा सफलता मिल्ने सम्भावना देखिन्छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। व्यापार व्यवसायमा विशेष सफलता मिल्ने देखिन्छ। तपाईंको आर्थिक अवस्था यस समयमा निकै मजबूत हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। साताको अन्त्यमा भने शेयर बजारमा नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ।
धनु राशि
कामको खोजीमा रहेका मानिसले यो समयमा नयाँ कार्य प्राप्त गर्नेछन्। मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ। विपक्षी माथि विजय प्राप्त हुनेछ। रमणीय यात्राको योग रहेको छ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम जीवन सुखमय रहनेछ।
मकर राशि
साताको सुरुका दिनमा अनावश्यक बढ्नेछ, जसको कारण मन चिन्तित रहनेछ। बोलीमा संयम राख्न आवश्यक देखिन्छ। यस समयमा गरेका कार्यमा अनेक अवरोध र ढिलासुस्ती हुनेछ। साताको मध्यमा शुभ समाचार सुन्न पाइनेछ। छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ।
कुम्भ राशि
यो समय तपाईंका लागि शुभ रहनेछ। सुख-समृद्धिमा वृद्धि हुने सम्भावना रहेको छ। यो साता पारिवारिक तथा प्रेम जीवन निकै सुखदय रहनेछ। धार्मिक कार्यमा तपाईंको संलग्नता रहनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान रहनेछ। रमणीय यात्राको सम्भावना रहेको छ।
मीन राशि
मीन राशिका मानिसका लागि यो समय राम्रो रहनेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको समय निकै शुभ रहने सम्भावना रहेको छ। आकस्मिक धन लाभ मिल्ने संकेत रहेको छ।