४ दिनमा हुँदैछ शुक्र ग्रहको गोचर: यी ४ राशिका मानिस हुनेछन् धनवान !

ज्योतिषशास्त्रमा शुक्रलाई सुख, धन,  रोमान्स र ऐश्वर्य आदिको कारक मानिन्छ। कुण्डलीमा शुक्रको स्थिति बलियो भएमा शुभ फल प्राप्त हुन्छ। भनिन्छ कि शुक्र हुँदा व्यक्तिले जीवनमा सबै सुखसुविधा प्राप्त गर्छन्। शुक्र कुनै पनि राशिमा लगभग २३ दिन रहन्छ, त्यसपछि अर्को राशिमा प्रवेश गर्छ। हिन्दु पञ्चाङ्ग अनुसार २४ सेप्टेम्बर शनिबार शुक्रदेव कन्या राशिमा प्रवेश गर्दैछन्। शुक्र कन्या राशिमा प्रवेश गर्दा धेरै राशिका व्यक्ति भाग्यशाली साबित हुनेछन्। जान्नुहोस् शुक्र गोचरको शुभ प्रभाव कुन राशिमा हुन्छ-

वृष राशि 

शुक्र ग्रह वृष राशिको स्वामी हो। शुक्र कन्या राशिमा प्रवेश गरेमा आर्थिक लाभ मिल्नेछ। पारिवारिक समस्याबाट मुक्ति मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। करियरमा ठूलो सफलता हात पार्न सकिनेछ। मान-सम्मानमा वृद्धि हुनेछ।

मिथुन राशि 

मिथुन राशिका व्यक्तिहरूलाई पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। यस अवधिमा आर्थिक लाभको प्रबल सम्भावना छ। मान सम्मानमा वृद्धि हुनसक्छ। कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सकिनेछ।

कर्कट राशि 

कर्कट राशि हुनेहरुका लागि शुक्र गोचर निकै शुभ रहनेछ। यस अवधिमा तपाईंको आर्थिक स्थिति बलियो हुनेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुन सक्छ। जागिरमा पदोन्नतिको सम्भावना छ।

कन्या राशि 

कन्या राशिका लागि शुक्र गोचरले शुभ फल प्राप्त गर्न सक्छ। यस अवधिमा लगानीबाट लाभ मिल्नेछ। प्रतियोगी परीक्षाको तयारी गरिरहेका मानिसले शुभ समाचार पाउन सक्छन्।

प्रकाशित : मङ्गलबार, असोज ०४, २०७९१३:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३० वर्षपछि बन्दैछ शनि-मकरको दुर्लभ संयोग : यी ३ राशिले कुम्ल्याउनेछन् अकूत सम्पत्ति