३० वर्षपछि बन्दैछ शनि-मकरको दुर्लभ संयोग : यी ३ राशिले कुम्ल्याउनेछन् अकूत सम्पत्ति

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार हरेक ग्रहले निश्चित समयको अन्तरालमा आफ्नो राशि परिवर्तन गर्दछ। यस्तो गोचरले सबै १२ वटै राशिहरुमा प्रभाव पार्छ। शनि ग्रहको कुरा गर्दा यतिबेला मकर राशिमा गोचर गरी वक्री भएको छ। शनि गत जुलाई महिनामा वक्री भएको थियो र यहाँ अक्टोबर २३ तारिखसम्म रहनेछ्ह। शनिले पूरा ३० वर्षपछि मकर राशिमा वक्री चाल चलेको हो। यसको ३ खास राशिहरुमा शुभ प्रभाव देखिनेछ। उनीहरुले अबको लगभग डेढ महिनासम्म लाभै-लाभ पाउनेछन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मकर राशिमा शनिको गोचरले मेष राशिका जातकलाई धेरै लाभ दिनेछ। उनीहरुले करियर नयाँ उचाई हासिल गर्नेछन्। बेरोजगारहरूले रोजगारको अवसर पाउनेछन्। जागिर गरिरहेकाहरुले पदोन्नति पाउन सक्नेछन्। कसैले राम्रो कम्पनीबाट आकर्षक तलबसहितको कामको प्रस्ताव पाउन सक्छन्। व्यापार-व्यवसाय गर्नेहरुले मनग्यै मुनाफा कमाउनेछन्। नयाँ व्यापार सुरु गर्ने सोचमा हुनुहुन्छ भने आगामी डेढ महिना शुभ रहनेछ।

भाग्यले सबैतिरबाट साथ दिनेछ। तपाईको मनमर्जी अनुसार सम्पूर्ण कामहरु सम्पन्न हुनेछन्। वर्षौँदेखि रोकिएका काम पनि समयमै सम्पन्न हुनेछन्। सन्तानको पक्षबाट खुशीको खबर पाउनुहुनेछ। आफन्तजनको साथ र प्रेम पाउनुहुनेछ। पति-पत्नीको सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। अविवाहित व्यक्तिहरूले विवाहको लागि राम्रो सम्बन्ध पाउन सक्छन्। आर्थिक अवस्था मजबुत रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

शनिको वक्री चालले धनु राशिका जातकको भाग्य चम्काउनेछ। अक्टोबर महिनासम्म कुनै पनि सङ्कट आउनेछैन्। सापटी दिएका पैसा फिर्ता हुनेछ। घरमा सुख-समृद्धि औनेछ्ह। धन आर्जनका नयाँ साधनहरु पाउनुहुनेछ। अनावश्यक खर्च हुनेछैन। शेयर बजार र लट्टरीबाट लाभ हुनेछ। विद्यार्थीहरूले अध्ययनमा राम्रो नतिजा ल्याउनेछन्।

सवारी साधन र घरजग्गा खरिदको योग बन्न सक्छ। घरजग्गाको मामिलामा फैसला तपाईको पक्षमा आउनेछ। शुभ कामले लामो यात्रा तय हुन् सक्छ। घरमा केही माङ्गलिक कार्य हुन् सक्छ। सन्तानले तपाईको भरपूर सेवा गर्नेछन्। पुराना रोगबाट मुक्ति मिल्नेछ। भगवानप्रतिको आस्था बढ्नेछ। ईश्वरले तपाईलाई सहायता गर्नेछ। समाजमा मान सम्मान बढ्नेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

शनिको वक्री चालले मीन राशिका जातकलाई धन-लाभ दिनेछ। मासिक आयमा वृद्धि हुनेछ। आफन्त वा इष्टमित्रको सहयोगले मनग्य धन आर्जन गर्न सकिनेछ। परिवारमा सुख शान्ति छाउनेछ। शत्रुले तपाईलाई हानि गर्न सक्नेछैन।तपाईं सकारात्मकता र उर्जाले भरिपूर्ण हुनुहुनेछ।

कतै पैसा लगानी गर्न चाहनुहुन्छ भने आगामी डेढ महिना लाभदायी रहनेछ। व्यापारमा ठूलो कुरा टुङ्गो लाग्न सक्छ। बोस तपाईको कामबाट प्रसन्न हुनेछन्। प्रगतिको मार्ग खुल्नेछन्। रोजगारीको सिलसिलामा वैदेशिक यात्रामा जान सकिनेछ। प्रेम सम्बन्धको मामिलामा सफलता हासिल हुनेछ। विवाहको योग पनि बनेको छ।

प्रकाशित : मङ्गलबार, असोज ०४, २०७९१४:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहचक्रमा अबन्दै एकसाथ ५ धन राजयोग: यी ३ राशिका मानिसको आउनेछ सुखका दिन !