एजेन्सी- बलिउड अभिनेत्री-डान्सर मलाइका अरोरा प्राय: आफ्नो प्रेम जीवनको कारण चर्चामा हुने गर्दछिन् । पछिल्लो समय मलाइका अर्जुन कपुरसँगको सम्बन्धको कारण चर्चाको विषय बनेकी छिन्, साथै अभिनेत्रीले अरबाज खानसँग सम्बन्ध विच्छेदपछि छोराको लागि अरबाज सँगको सम्बन्धलाई सन्तुलनमा राखेकी छिन् ।
सम्बन्ध विच्छेदपछि मलाइका र अरबाज धेरै पटक सँगै देखा परेका छन्, तर फ्यानहरू केवल अरबाज खान र अर्जुन कपूर कसरी र कहिले एक-अर्काको नजिक हुनेछन् भनेर पर्खिरहेका छन्। अहिले त्यो प्रतीक्षाको घडी सकिएको छ ।
मलाइका आरोडा आफ्नी बहिनी अमृता आरोडासँग डि:ज्नी + ह:-टस्टारको रियालिटी शो ‘आरोडा सि:-स्टर्स’सँग छिट्टै आउँदै छिन्। यस सोमा यी आरोडा दिदीबहिनीहरूले फ्यानहरूलाई आफ्नो व्यक्तिगत जीवनको परिचय दिनेछन्। यस सोमा अरबाज खान र अर्जुन कपूर पहिलो पटक देखिँदै छन् ।
अरबाज खानसँग अलग भएपछि मलाइका अरोडा अहिले बलिउड अभिनेता अर्जुन कपूरसँग प्रेम सम्बन्धमा रहेकी छिन् । यस्तो अवस्थामा अब अरबाज खान र अर्जुन कपूर रियालिटी शो ‘आरोडा सि:-स्टर्स’ मा अतिथिको रूपमा देखिने बताइएको छ।
मलाइका आरोडाले सन् १९९८ मा अरबाज खानसँग विवाह गरिन् । विवाहको झन्डै १८ वर्षपछि दुवै कलाकारले छुट्टिने निर्णय गरेका थिए । मलाइका अरोरा र अरबाज खानले सन् २०१७ मा एकअर्कासँग सम्बन्ध विच्छेद गरेका थिए । अरबाजबाट अलग भएपछि मलाइका आरोडा अर्जुन कपूरलाई डे:-ट गरिरहेकी छिन् । दुबै जना प्रायजसो पार्टी र छुट्टीको मजा लिइरहेका देखिन्छन्।