एजेन्सी : बलिउड अभिनेत्री कृति सेनन पछिल्लो समय आफ्नो प्रेम जीवनका कारण चर्चामा छिन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार कृति सेनन साउथ सुपरस्टार प्रभावलाई डेट गरिरहेकी छिन्। यी दुई चाँडै फिल्म ‘आदिपुरुष’ मा सँगै काम गर्दैछन्। यी दुवैको सँगै यो पहिलो चलचित्र हो, जसलाई दर्शकले व्यग्र प्रतीक्षा गरिरहेका छन्।
कृति र प्रभाव विगत केही वर्षदेखि फिल्म ‘आदिपुरुष’ को सुटिङमा व्यस्त थिए। यहीँ फिल्मको क्रममा दुवै नजिकिए र उनीहरु प्राय: धेरै ठाउँहरुमा सँगै देखिन थाले।
कृति सेनन र प्रभावको डेटिङको खबर कफी विथ करणपछि निकै चर्चामा आएको हो। हालै कृतिले प्रभासलाई कलिङ सेग्मेन्ट राउण्डमा कल गरेकी थिईन्। त्यसयता यी दुईबीच विशेष सम्बन्ध रहेको खबर आएको थियो।
बलिउड लाइफको रिपोर्ट अनुसार प्रभास र कृतिलाई सेटमा एकअर्कासँग समय बिताउन मन पर्थ्यो। पहिलो फिल्मसँगै यी दुवै एकअर्काप्रति निकै चासो राख्थे। उनीहरु फिल्मका लागि एकअर्काको सल्लाह लिने गर्थे र कुनै दृश्य राम्रोसँग छायांकन नभएको खण्डमा पुनः सुटिङ गर्न पनि सहज मान्थे।
एक महिनाअघि फिल्मको शूटिङ सकिए पनि कृति र प्रभासको निकटता घटेको छैन्। उनीहरु एक-अर्कालाई कल या मेसेज गर्न कहिल्यै छुटाउदैनन्। यद्यपि यसलाई रिलेशनशिप भन्ने हतारोपन नगर्नु नै राम्रो हुन्छ। सामान्यतया: बलिउडमा अभिनेता र अभिनेत्रीहरु सँगै काम गर्दा रिलेशनशिपमा रहेको हल्ला फैलिनु सामान्य कुरा भईसकेको छ।
फिल्म ‘आदिपुरुष’ को कुरा गर्ने हो भने यसमा कृति सेनन ‘सीता’ को भूमिकामा देखिनेछिन्। त्यस्तै प्रभासले ‘राम’ को भूमिका निर्वाह गर्नेछन्। यो फिल्म सन् २०२३ को जनवरीमा बक्स अफिसमा रिलिज हुनेछ। चलचित्रलाई ओम राउतले निर्देशन गर्दैछन्।