सूर्य असोज १ गतेबाट कन्या राशिमा प्रवेश गरेको छ। सूर्यको राशि परिवर्तनलाई संक्रान्ति भनिन्छ। कन्या राशिमा प्रवेश गरेपछि यसलाई कन्या संक्रान्ति भनिन्छ। सूर्य अब कार्तिक १ गतेसम्म कन्या राशिमा रहनेछ। त्यसपछि, यो तुला राशिमा प्रवेश गर्नेछ। जान्नुहोस् कुन राशिमा सूर्य गोचरले पार्नेछ सकारात्मक प्रभाव-
मेष राशि

सूर्य यस राशिको छैठौं घरमा गोचर गरेको छ। यस अवधिमा तपाईंले अनेक अवरोधहरूबाट मुक्ति पाउनुहुनेछ। रोकिएका काम पूरा हुनेछन्। करियरमा सफलता मिल्नेछ। पारिवारिक जीवन सुखद रहनेछ।
कर्कट राशि

कर्कट राशिका व्यक्तिहरुको तेस्रो घरमा सूर्यको गोचर धेरै शुभ मानिन्छ। यस अवधिमा स्वास्थ्य सम्बन्धि समस्याबाट मुक्ति मिल्नेछ। करियर र जागिरमा राम्रो नतिजा देख्नुहुनेछ। आम्दानी वृद्धि हुनेछ। मान सम्मान बढ्नेछ।
तुला राशि

तुला राशिको बाह्रौं घरमा सूर्यको गोचरका कारण लामो यात्राको अवसर मिल्नेछ। साझेदारी कार्यमा सफलता मिल्नेछ। शत्रुहरूबाट सावधान रहनुहोस्।
वृश्चिक राशि

सूर्य यस राशिको एघारौं घरमा प्रवेश गरेको छ। यस अवधिमा तपाईंले सकारात्मक परिणाम प्राप्त गर्नुहुनेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ। भाग्यले साथ दिनेछ।
धनु राशि

धनु राशिको दशौं घरमा सूर्यको गोचरलाई धेरै शुभ मानिन्छ। यस अवधिमा तपाईंले आर्थिक समस्याबाट मुक्ति पाउनुहुनेछ। मान सम्मान बढ्नेछ। परिवारमा खुशीको वातावरण रहनेछ।
मकर राशि
![]()
मकर राशिको नवौं घरमा सूर्य गोचर शुभ हुन्छ। यस अवधिमा यात्राको योग मिल्नेछ। अभिभावकबाट सहयोग मिल्नेछ। क्रोधलाई नियन्त्रणमा राख्नुहोस्।
