गौरी खानले छोरी सुहानालाई दिइन् डेटि:-ङको सल्लाह, एक साथ दुई केटा….

एजेन्सी- कफी विथ करणमा यस पटक करण जौहरको अतिथिका रूपमा गौरी खान, भावना पाण्डे र महिप कपूर आउँदै छन् । करण जोहरले आगामी कार्यक्रमको छोटो भिडियो सेयर गरेका छन् । जसमा उनी बलिउडका अभिनेता शाहरुख खानको श्रीमतीसँग कुरा गरिरहेको देखिएका छन् । शोको मुख्य आकर्षण गौरी खान हो जो विरलै कुनै च्याट शोमा देखिने गर्छिन् ।

करणको शोमा शाहरुखको भूमिका पनि छ, अर्थात् गौरीले उनलाई फोनमा कुरा गर्न छिन् । यति मात्र होइन, करणले गौरीलाई सुहानालाई डेटिङको लागि कस्तो सल्लाह दिन चनुहुन्छ भनेर गौरीलाई सोधेका छन् । जसको उनले रमाइलो जवाफ दिएकी छिन् ।

शाहरुख खानकी पत्नी गौरी खान कफी विथ करणको आगामी भागमा अतिथिको रुपमा आउँदैछिन् । उनीसँगै उनका साथी महीप कपुर र भावना पाण्डे पनि हुनेछन् । शोको प्रोमोमा करणसहित यी चार साथीहरु कुराकानी गरिरहेको देख्न सकिन्छ । करणले गौरीलाई सोध्छन् सुहानालाई डेटिङको के सल्लाह दिनुहुन्छ ?यसको जवाफमा गौरीले भनिन्, ‘दुई केटालाई एकै पटक डेट नगर ।’ करणले महिपलाई सोधे, उनी कुन अभिनेतासँग जोडी बन्न चाहन्छिन् ? यसको जवाफमा उनले भनिन्, ‘म ऋतिक रोशनसँग राम्रो देखिनेछु ।’ यो कुरामा करणले उनको खिल्ली उडाउँछन् ।

त्यस्तैमा करण जौहरले गौरीलाई सोध्छन्- आफ्नो र शाहरुखको प्रेमकथालाई कुन शीर्षक दिन चाहनुहुन्छ ? गौरी भन्छिन्, ‘दिलवाले दुल्हनिया ले जायेंगे किनभने उनीहरुको विवाह पनि सजिलो थिएन । करणले तीन जना पाहुनालाई सेलिब्रेटीलाई फोन गर्न आग्रह गर्छन्। त्यसमा गौरीले फोन शाहरुखलाई फोन गर्छिन्, त्यसपछि करण भन्छन्, शाहरुखले फोन उठाएमा गौरीले ६ अंक पाउनेछन् ।

प्रकाशित : सोमबार, असोज ०३, २०७९१७:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री आँचलको नयाँ अवतार, तस्बिर सहित !