घटस्थापनाको दिनसम्म यी ४ राशि रहनुपर्नेछ अत्यन्त सावधान, बिग्रन सक्छ अनेक काम !

हिन्दुहरुको महान् चाड बडा दशैं सुरु हुन अब केही समय मात्र बाँकी रहेको छ। आउँदो असोज १० गते सोमबारको दिनबाट महान् चाड दशैं पर्व सुरु हुँदैछ। हिन्दु पात्रो अनुसार असोज शुक्ल प्रतिपदाको दिनबाट सुरु भई असोज शुक्ल पूर्णिमाको दिनसम्म मानिसले दशैं मनाउने गर्छन्। यस्तोमा, असोज १० गते घटस्थापनाको दिनसम्म केही राशिका मानिसको लागि समय त्यति शुभ नरहने देखिएको छ। ग्रहचक्रमा ग्रह-नक्षत्रको चाल परिवर्तनका कारण यस दिनसम्म तल उल्लेखित ४ राशिका मानिसले विशेष सावधान रहन आवश्यक देखिन्छ।

मेष राशि 

मेष राशिका व्यक्तिहरूले यस समयमा निकै सावधानी अपनाउन जरुरी छ। यो अवधिमा कामको दबाब बढ्न सक्छ। आफ्नो जीवनसाथीको भावनालाई बेवास्ता नगर्नुहोस्। व्यापारमा कुनै किसिमको जोखिम नलिनुहोस्, आर्थिक हानि हुन सक्छ।

धनु राशि

धनु राशिका लागि आउँदो घटस्थापना सम्मको समय अस्त-व्यस्त रहन सक्छ। यस अवधिको प्रारम्भमा कामको बोझ महसुस हुन सक्छ। घरायसी विवादको सम्भावना छ। काममा अवरोध आउन सक्छ।

मकर राशि 

मकर राशिका व्यक्तिहरूले यो समय विशेष ध्यान दिनु पर्ने देखिन्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला। कामको सिलसिलामा लामो दुरीको यात्रा गर्नुपर्ने हुनसक्छ। कसैको भ्रममा जोखिम लिने गल्ती नगर्नुहोस्।

मीन राशि 

मीन राशिका व्यक्तिहरूले यो समयमा कुनै पनि काममा हतार नगर्नु होला। यो साता काममा विशेष ध्यान दिनुहोला। विद्यार्थीहरूलाई पढाइमा समस्या आइ लाग्न सक्छ। धनको मामलामा सावधान रहनुहोस्।

प्रकाशित : सोमबार, असोज ०३, २०७९१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दशैंको सुरुवातसम्म यी ५ राशिको चम्किनेछ भाग्य, पाउनेछन् हरेक सफलता !