दशैंको सुरुवातसम्म यी ५ राशिको चम्किनेछ भाग्य, पाउनेछन् हरेक सफलता !

हिन्दुहरुको महान् चाड बडा दशैं सुरु हुन अब केही समय मात्र बाँकी रहेको छ। आउँदो असोज १० गते सोमबारको दिनबाट महान् चाड दशैं पर्व सुरु हुँदैछ। हिन्दु पात्रो अनुसार असोज शुक्ल प्रतिपदाको दिनबाट सुरु भई असोज शुक्ल पूर्णिमाको दिनसम्म मानिसले दशैं मनाउने गर्छन्। यस्तोमा, असोज १० गते घटस्थापनाको दिनसम्म केही राशिका मानिसको लागि समय शुभ रहने देखिएको छ। ग्रहचक्रमा ग्रह-नक्षत्रको चाल परिवर्तनका कारण यस दिनसम्म तल उल्लेखित ४ राशिका मानिसले विशेष रहने देखिन्छ।

वृष राशि 

वृष राशिका व्यक्तिहरूले यो समय शुभ समाचार पाउन सक्नेछन्। जागिरमा पदोन्नति मिल्न सक्छ। कार्यस्थलमा वरिष्ठको सहयोग रहनेछ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूले सफलता पाउन सक्छन्।

मिथुन राशि 

मिथुन राशिका व्यक्तिहरूले यो समयमा शुभ समाचार पाउन सक्नेछन्। रोजगारीको खोजीमा रहेकाहरूले शुभ समाचार पाउन सक्छन्। जागिर गर्ने व्यक्तिको मनमोहक पदोन्नति हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ।

कर्कट राशि 

कर्कट राशि हुनेहरुका लागि यो समय निकै शुभ रहनेछ। यो अवधिमा करियर सम्बन्धि यात्रा आवश्यक पर्न सक्छ। परिचित व्यक्तिको सहयोगमा करियरमा प्रगति गर्न सकिनेछ। धनलाभको योग हुनेछ।

कन्या राशि 

कन्या राशि हुनेहरुका लागि यो समय निकै शुभ रहनेछ। यो अवधिमा व्यापार सम्बन्धि बाधाबाट मुक्ति मिल्नेछ। कार्यस्थलमा वरिष्ठको सहयोग रहनेछ। विद्यार्थीहरूले शुभ समाचार पाउन सक्छन्।

वृश्चिक राशि 

यो समयले वृश्चिक राशि हुनेहरुका लागि खुशीयाली दिन सक्छ। यस अवधिमा तपाईंको कामका रहेका बाधाहरु हट्नेछन्। काम गर्ने व्यक्तिहरूले कार्यस्थलमा प्रशंसा पाउन सक्छन्। अविवाहितहरूका लागि विवाहको प्रस्ताव आउन सक्छ।

प्रकाशित : सोमबार, असोज ०३, २०७९१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१२ वर्षपछि सबैभन्दा शुभ ग्रह वक्री स्थितिमा, आउँदो २ महिना यी ३ राशिलाई हुनेछ निकै शुभ !