अहिले अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालबाट टाढिएकी छिन् । अहिले अभिनेत्रीले उनको फेसबुक, इन्स्टाग्राम,खाता हरु निष्क्रिय छिन् । अहिले अभिनेत्री अचानक सामाजिक सञ्जालबाट गायब हुनुमा सबै अचम्मित भएका छन् ।
पछिल्लो समय अभिनेत्री सामाजिक सञ्जालमा उनको अभिव्यक्तिको कारण विवादमा परेकी थिइन् । साथै अभिनेत्रीले मानिसहरुबाट आलोचनाको सामना गर्न परेको थियो ।
केही समय पहिले अभिनेता पल शाह र गायिका समीक्षाको केसमा अभिनेत्रीले दिएको विचारले अभिनेत्रीलाई विवादमा तानेको थियो । तर त्यस समयमा प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले राम्रो व्यापार गर्न सफल भएको थियो ।
केही दिन पहिलेसम्म अभिनेत्री उनको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को प्रचारमा खटिएकी थिइन् । अहिले अचानक सामाजिक सञ्जालबाट टाढा हुँदा उनलाई सामाजिक सञ्जालमा विवादित बनाएको भएर अभिनेत्री यो निर्णय लिएको अनुमान गरिएको छ ।
साथै केही समय पहिले अभिनेत्रीले आफूलाई सामाजिक सञ्जालमा खेदो मात्र खनिएकोमा दु:ख लागेको बताएकी थिइन् ।