एजेन्सी- बलिउड अभिनेता शाहरुख खानको फ्यान फलो-इङ अचम्मको छ । मानिसहरु उनको एक झलक पाउन आतुर हुने गर्दछन् । शाहरुख खानले गौरी खानसँग विवाह गरेका हुन् र आजको समयमा पनि दुवैको जोडीको निकै प्रशंसा हुने गरेको छ । अहिले भारतीय सञ्चार माध्यममा प्रकाशित खबर अनुसार अभिनेता शाहरुख अब यो उमेरमा फेरि एकपटक दुलहा बन्न लागेका छन् ।
मिडिया रिपोर्टका अनुसार शाहरुख खानले सन् १९९८ मा आएको फिल्म ‘दुल्हे राजा’ को राइ:-ट्स किनेका छन् । ‘दुल्हे राजा’को राइ:-ट्सको सम्झौता लामो समयदेखि चलिरहेको थियो । यस फिल्मको स्क्रिप्टमा फरहाद सामजी काम गरिरहेका छन् । शाहरुख खान ९० को दशकको चर्चित फिल्म ‘दुल्हे राजा’ को रिमेक बनाउने योजनामा छन् ।
९० को दशकको यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । फिल्ममा गोविन्दा र रविना टण्डन देखिएका थिए । फिल्ममा कादर खान, प्रेम चोपडा, जोनी लिभर, असरानी, विजु खोटे र मोहनीश बहल जस्ता कलाकारहरू थिए। तर, अब शाहरुख खानको यो रिमे-कमा कुन–कुन कलाकार देखिने छन् भन्ने खुलाइएको छैन ।
अहिले अभिनेताको आगामी फिल्मको कुरा गर्ने हो भने उनी अहिले फिल्म ‘पठान’मा निकै व्यस्त छन् । यसबाहेक शाहरुख खानसँग ‘जवान’ र ‘डंकी’ पनि छन् । जून आगामी दिनहरुमा रिलिज हुनेछन् ।