जे भयो सोच्दै नसोचेको भयो, चुनावको मुखमा झाँक्रीलाई झड्का !

काठमाडौँ – संघिय तथा प्रादेशिक निर्वाचन अगाडी गुल्मीमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी बीच एकता भएको छ। निर्वाचन नजिकिँदै गरेको अवस्थामा गुल्मीमा एमाले र नेकपा एस बीच एकता भएको हो।

सोमबार एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा पत्रकार सम्मेलन गरी दुवै पार्टीबीच औपचारिक रूपमा पार्टी एकताको घोषणा गरियो। पार्टी एकता घोषणा कार्यक्रममा नेकपा एमालेको तर्फबाट केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्ट सहित विभिन्न नेताहरुको उपस्थिति थियो।

कार्यक्रमका बीच एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले एकतापत्रमा हस्ताक्षर गरे।

एमाले र नेकपा एस बीच एकता भएसँगै नेतृ रामकुमारी झाँक्रीलाई नराम्रो झड्का लागेको छ। आगामी मंसिर ४ गते हुने आमनिर्वाचनका झाँक्री अहिले देखि नै गुल्मीमा सक्रिय छिन्।

निर्वाचनको मुखमा समाजवादीका जिल्ला अध्यक्ष नरेश भण्डारी नै एमालेमा फिर्ता भएका छन्। उनी समाजवादीका केन्द्रीय सदस्य समेत थिए। गुल्मीमा सक्रिय एकीकृत समाजवादीका अर्का केन्द्रीय गणेश खनाल पनि एमालेमा फर्किएका छन्। यसले झाँक्रीको चुनौती थप बढेको छ।

प्रकाशित : सोमबार, भदौ २०, २०७९१६:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अझै योगेश भट्टराईको अभाव महसुस गरिरहन्छिन् रामकुमारी झाँक्री !