घामको कारणले अनुहार-शरीरमा आएको दागले चिन्तित हुनुहुन्छ, गर्नुहोस् यस्ता उपाय !

प्रत्यक्ष सूर्यको किरणले हाम्रो छालालाई एक किसिमको दाग बनाउँछ र सजिले देख्न सकिने हुन्छ । शरीरको जुन भागमा गामा परेको हुन्छ त्यस भाग अन्य भाग भन्दा कालो हुने गर्दछ । अहिले मौसममा यस्ता समस्याबाट छुटकारा पाउन मुस्किल हुन थालेको छ, यसका लागि प्रायः महँगो ब्यूटी प्रोड:-क्टको प्रयोग गरिन्छ तर फाइदा भने खासै पाइँदैन । आज हामी तपाईलाई केही यस्ता प्राकृतिक उपायहरू बताउनेछौ जसको मद्दतले तपाई घामले कालो बनेको छालाबाट छुटकारा पाउन सक्नुहुन्छ ।

बेसन
बेसन पिठोबाट पनि घामबाट डढेको छालाको समस्याबाट छुटकारा पाउन सकिन्छ। यसका लागि बेसनको पिठो, बेसार, कागतीको रस र जैतुनको तेल मिसाएर मलम तयार गरी घामले डढेको भागमा लगाउनुहोस् । अब यसलाई लगभग २० मिनेट सुकाउन छोड्नुहोस्। अन्तमा मनतातो पानीले धुनुहोस्।

मह
मह हाम्रो छालाको लागि धेरै फाइदाजनक हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । त्यसैले यो धेरैजसो सौन्दर्यमा प्रयोग हुने उत्पादनहरूमा प्रयोग गरिन्छ। एक कचौरामा मह र दही मिलाएर अनुहार र छालामा २० मिनेटसम्म छोड्नुहोस्। अन्तमा सफा पानीले अनुहार धुनुहोस्।

टमाटर
टमाटर एउटा यस्तो तरकारी हो जसको प्रयोगले खानाको स्वाद बढ्छ, तर के तपाईलाई थाहा छ यसको मद्दतले छालाको हुने समस्याबाट छुटकारा पाउन सकिन्छ । यसका लागि तपाईंले टमाटरलाई पिसेर यस पेस्ट बनाइ अनुहार र शरीरका प्रभावित भागहरूमा लगाउनुहोस् । त्यसपछि सफा पानीले धुनुहोस्। यदि तपाईंले यो प्रक्रियालाई एक हप्तासम्म गर्नुभयो भने, तपाईले इच्छित परिणाम प्राप्त गर्नुहुनेछ।

प्रकाशित : सोमबार, भदौ २०, २०७९१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौँ उपत्यकासँगै देशभरि फैलियो डेङ्गु, बच्न अपनाउनुहोस् यी उपाय !