हिन्दी फिल्महरु फ्लप भईरहेको बेला धनुषको फिल्मले गर्यो १०० करोड क्लबमा इन्ट्री, बन्यो टप ग्रसर

एजेन्सी : दक्षिण भारतीय अभिनेता धनुषको ‘थिरुचित्राम्बलम(Thiruchitrambalam)’ ले बक्स अफिसमा कीर्तिमानी कमाई गरिरहेको छ। मिथुन जवाहरद्वारा निर्देशित फिल्मले तमिलनाडुमा मात्र १०० करोड भारुभन्दा बढी कमाई गरेको छ।

धनुषको फिल्मले १०० करोड क्लबमा प्रवेश गर्दै कर्णन फिल्मको लाइफटाइम कलेक्सनलाई पार गरेको छ। यो फिल्म तमिलनाडुमा धनुषको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। यो फिल्म तमिलनाडुमा उनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। यस फिल्ममा धनुष फुड डेलिभरी ब्वाईको भूमिकामा छन्। यस फिल्ममा नित्या मेनन, राशि खन्ना, प्रकाश राज, भारतीराजा र प्रिया भवानी शंकरको पनि अभिनय रहेको छ। मिथुन र धनुषको यो चौथो प्रोजेक्ट हो। यी दुईले अहिलेसम्म कुट्टी, यारदी नी मोहिनी र उत्तम पुथिरन जस्ता फिल्ममा सँगै काम गरिसकेका छन्।

चर्चित भारतीय चलचित्र समिक्षक तथा व्यापार विश्लेषक त्रिनाथले भारतीय सञ्चारमाध्यमलाई बताए अनुसार फिल्मले तमिलनाडुमा १०० करोडभन्दा बढी कमाई गरेको छ। थिरुचित्राम्बलम तमिलनाडुमा धनुषको करियरको सबैभन्दा बढी कमाई गर्ने फिल्मको रुपमा उभिएको छ। जसकारण फिल्म कर्णनको लाइफटाइम कलेक्शन पछाडि परेको छ। फिल्मले १०० करोड क्लबमा प्रवेश गरे पछि पनि अझैँ धमाकेदार कमाई गरिरहेको छ। फिल्मले रिलिजको तेस्रो हप्तामा पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ।

धनुष पछिल्लो पटक नेटफ्लिक्सको फिल्म ‘द ग्रेम्यान’ मा एक मूर्ख हत्याराको भूमिकामा देखिएका थिए। धनुषको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी तमिल-तेलुगु फिल्म वाथीमा देखिनेछन्। अहिले धनुष यही फिल्मको सुटिङमा व्यस्त छन्। फिल्मको तेलुगु भर्जनको नामाकरण भईसकेको छ। यो फिल्मलाई वेन्की अटलुरीले निर्देशन गर्दैछन्। फिल्ममा धनुष प्रोफेसरको भूमिकामा देखिनेछन्। यो फिल्म तेलुगु उद्योगमा धनुषको डेब्यु फिल्म हुनेछ। यस फिल्ममा संयुक्ता मेनन नायिकाको भूमिकामा देखिनेछिन्।  यसबाहेक धनुष आफ्नो तमिल फिल्म ‘ नाने वरुवेन’ को रिलिजको पर्खाईमा छन्।

प्रकाशित : बिहिबार, भदौ १६, २०७९१७:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘मेरो शरीरमा परिवर्तन भइरहेको छ, म खुलेर देखाउन चाहन्छु- बिपशा बासु !