एजेन्सी- बलिउड अभिनेता आमिर खान करिब ४ वर्षपछि अभिनय क्षेत्रमा फिल्म लाल सिंह चड्डा’ बाट फर्किएका थिए । तर आमिरको यो फिल्म उनको पहिलेको फिल्म जस्तो हुन् सकेन । सबै अपेक्षा तोड्दै आमिर खानको यो फिल्म नराम्ररी असफल भयो । आमिर खान र करीना कपूरको फिल्मको यस्तो हालत हुन्छ भने कसैले सोचेका थिएनन् ।
अहिले भारतीय मिडिया रिपोर्टको अनुसार फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा असफल भएपछि अभिनेता आमिर खानले यसको नोक्सानीको जिम्मेवारी लिन आमिर खान अगाडि आएका छन् । तर उनले आफ्नो शुल्क त्यागेका छन् । आमिर खानले लाल सिंह चड्डाका लागि आफ्नो अभिनय शुल्क नलिने निर्णय गरेका छन् ।
भारतीय मिडिया रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ कि यदि आमिरले आफ्नो शुल्क लिने हो भने १८ स्टुडियोलाई करिब १०० करोड घाटा हुनेछ । यस्तो अवस्थामा आमिर अगाडि आएर त्यो घाटा आफैँ बेहोर्ने निर्णय गरेका छन् । यस भन्दा पहिले पनि दक्षिण भारतक थुप्रै अभिनेताले आफू अभिनीत फिल्म नचल्दा परिश्रमिक घटाउने देखि नलिएका छन् ।