बलिउडको लाज बचाउन असफल देखिए विजय, फिल्म ‘लाइगर’ ले पानी पनि भन्न  पाएन !

एजेन्सी- दक्षिण भारतीय फिल्म क्षेत्रका अभिनेता बलिउडमा डे-ब्यू गरेका विजय देवरकोंडाको धेरै चर्चामा रहेको फिल्मको पनि यसअघिका बलिउड फिल्मको नतिजा जस्तै भएको । विजय देवरकोंडा आफ्नो फिल्म ‘लाइगर’ लाई लिएर निकै उत्साहित थिए । तर उनको फिल्म अन्य बलिउड फिल्म जस्तै भएको छ । ‘लाल सिंह चड्ढा’ र ‘रक्षा बन्धन’ जस्तै ‘लाइगर’ले पनि बक्स अफिसमा पानी पनि भन्न  पाएको छैन ।

फिल्म रिलिज भएको एक साता हुन लागेको छ र यो फिल्मले ५० करोडको आँकडा पनि पार गरेको छैन । विजय देवर-कोन्डा अनन्या पाण्डे स्टा-रर फिल्म ‘लाइगर’लाई दर्शकले खासै रुचाएनन् । यस फिल्मका लागि विजय देवरकोंडाले निकै मेहनत गरेका थिए । तर उनको मिहिनेतलाई मानिस हरुले खासै मन नपराएको देखिन्छ ।

करिब १२५ करोडको बजेटमा बनेको ‘लाइगर’ ६ दिनमा ५० करोडको आँकडा पार गर्न नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।  विजय देवरकोंडाले फिल्म ‘लिगर’ बाट बलिउडमा डे:ब्यू गरेका थिए। तर अभिनेताको बलिउड क्षेत्रमा यो पहिलो फिल्म नै पूर्ण रूपमा फ्लप भयो। यस फिल्ममा ‘बाहुबली’ शिवगामी देवीकी आमाको भूमिका निभाएकी रम्या कृष्णनले पनि मुख्य भूमिका निभाएकी थिइन् तर उनको अभिनयले पनि यो फिल्मलाई बचाउन सकेन ।

यो प्यान इन्डिया फिल्म पुरी जगन्नाथद्वारा निर्देशित र धर्मा प्रोड:क्सन हाउसको ब्यानरमा निर्माण भएको हो। यस फिल्मालाई नेपालमा पनि २ करोडमा किनिएको थियो तर अहिले यस फिल्मले नेपालमा रातिको शो मात्र पाएको छ ।

प्रकाशित : बुधबार, भदौ १५, २०७९१३:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फिल्म ‘लाल सिंह चड्ढा’ असफल भएपछि अभिनेता आमिरको परिश्रमिक नलिने घोषणा !