सुन ३५ दिनकै सस्तो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन र दोस्रो दिन घटेर तेस्रो दिन बढेको सुनको मूल्य नेपाली बजारमा आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले घटेको छ। आज छापावाला सुन ९४ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन एक महिना भन्दा बढी समयकै सस्तो

बुधबार पनि घटेसँगै नेपाली बजारमा सुन एक महिना भन्दा बढी समयकै सस्तो भएको छ। महासंघको तथ्यांक अनुसार आज कायम भएको सुनको मूल्य साउन ११ गते अर्थात ३५ दिनकै सस्तो हो। यसदिन पनि सुन आजकै मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य

नेपाली बजारमा सुन सँग-सँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ। महासंघका अनुसार आज नेपाली बजारमा चाँदी १ हजार १ सय ३० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, भदौ १५, २०७९११:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्यानले भन्यो – ‘प्रहरीलाई अनुसन्धानमा सहयोग गर्छौ’