क्यानले भन्यो – ‘प्रहरीलाई अनुसन्धानमा सहयोग गर्छौ’

काठमाडौं  – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले १७ वर्षीय बालिकालाई बलात्कार गरेको लागेको आरोपपछि प्रहरीलाई अनुसान्धानमा सहयोग गर्ने जनाएको छ ।

‘यो विषयमा प्रहरीले अनुसन्धान गरि रहेको छ । क्यानले प्रहरीको अनुसन्धानलाई सहयोग गर्दछ । प्रहरीले हामीलाई पत्र त काटेको छैन । होटलमा के हो कसो हो बुझ्ला । त्यसमा क्यानले सहयोग गर्छ’, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले हाम्रो खेलकुदलाई भने ।

‘केन्या जानुको अघिल्लो दिन बाहिर जान किन दिइयो भन्ने प्रश्न पनि उठेको छ । जिम्मेवार कप्तान हो । कप्तान जस्तो ब्यक्तिलाई बाहिर एकछिन जादा त कहाँ जान लागिस भनेर सोधिदैन । त्यो आफ्नो पनि जिम्मेवारी हो । टिम म्यानेमेन्ट सबैमाथि प्रश्न उठ्छ’, मल्लले भने ।

यो घटनासँगै सन्दीपको नैतिकताको आधारमा कप्तानी गुम्ने सम्भावना उच्च छ । मल्लले अपराध गरेको भए कप्तानी जाने बताए । त्यस्तै क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग पनि मल्लले छलफल गर्दैछन् । छलफलमा कप्तानीमा निलम्बन हुनसक्ने अनुमान गरिएको छ ।

यता सन्दीप लामिछानेविरुद्ध जवरजस्ती करणी कसुरमा प्रहरी बृत गौशालामा परेको जाहेरीमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । सन्दीपले १७ वर्षीय नाबालिकालाई भदौ पाँच गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेका थिए । प्रहरीका अनुसार सन्दीपले भदौ पाँचमा काठमाडौं पुन ल्याई राती ११ : ५५ मा एक होटलमा कोठा नम्बर ३ सय ५ मा राती १२ : २५ मा बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । उक्त जाहेरी भदौ २१ मा प्रहरी बृत गौशालामा परेको थियो ।

प्रहरीले उक्त जाहेरी दरखास्त गरि पीडितलाई एकद्धार संकट ब्यस्वस्थापन केन्द्रमा बिस्तृत स्वास्थ्य परिक्षण गराएको थियो । अनुसन्धानका विविध विधी र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरीले घटना थप अनुसन्धान गरेको जनाएको छ ।

नेपाली क्रिकेट टोली भदौ ६ मा केन्या प्रस्थान गरेको थियो । उक्त समयमा सन्दीप लामिछाने सहित ११ खेलाडी केन्या प्रस्थान गरेका थिए । अन्य पाँच खेलाडी भने भिसा समस्याको कारण जान पाएका थिएनन् । केन्यासँगको पाँच टि२० आई सिरिज नेपालले ३–२ ले जितेको थियो ।

कप्तान सन्दीप लामिछाने टि२० आई सिरिजमा प्लेयर अफ द सिरिज चुनिएका थिए । सन्दीपले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेल भने खेलेका थिएनन् । क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएपछि तीन एकदिवसिय अभ्यास खेल गुमाएका थिए । रोहित पौडेलको कप्तानीमा नेपालले उक्त सिरिज क्लिनस्विप गरेको थियो । सिपिएलमा सन्दीप जमैका तलवाजको टोलीमा छन् । तर यता बलात्कारको आरोप लागेपछि सन्दीप चाँडै नै नेपाल फर्किने सम्भावना छ ।

प्रकाशित : बुधबार, भदौ २२, २०७९१४:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्यानले सन्दीपलाई तत्काल कुनै कारबाही नगर्ने