कार्तिक आर्यनले गर्न मानेनन् पान मसालाको एड, करौडौंको डिललाई हाने लात

काठमाडौँ : फिल्म ‘भूल भुलैया २’ सफलतापछि कार्तिक आर्यन बलिउडको सबैभन्दा हिट एक्टर्सको सूचीमा समावेश भईसकेका छन्। कार्तिकको फ्यान-फलोइङमा पनि राम्रो बढोत्तरी भईरहेको छ। कार्तिकलाई अहिले फिल्मको ओइरो लागिरहेको छ। विभिन्न चर्चित ब्रान्ड्सबाट उनलाई विज्ञापनका लागि प्रस्ताव पनि आएका छन्। +

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कार्तिकले एक पान-मसालाको विज्ञापनको प्रस्तावलाई अस्वीकार गरेका छन्। यो विज्ञापनमा उनले अभिनय गरेको भए मोटो रकम पाउँथे। यसको बाबजूद उनले यो विज्ञापनमा काम ठाडै अस्वीकार गरे। कार्तिकको यो निर्णयलाई फ्यान्सले असाध्यै मन पराएका छन्।

भारतीय मिडिया बलिउड हङ्गामा को रिपोर्ट अनुसार कार्तिक आर्यनलाई हालै एक अफर आएको थियो, जुन पान-मसाला ब्राण्डको थियो। यस डिलको लागि कार्तिकलाई ९ करोड भारु अफर गरिएको थियो। यत्रो मोटो रकमलाई अस्वीकार गर्नु चानचुने काम होइन, तर कार्तिकले युथ आइकनको रुपमा आफ्नो जिम्मेवारी बोध गरे।

तपाईलाई थाहै होला शाहरुख, अजय देवगन र अक्षय कुमार जस्ता स्टार्स पान-मसालाको विज्ञापन गरेका कारण आलोचित बनिसकेका छन्। अमिताभ बच्चन पनि एक पान-मसालाको विज्ञापनमा देखा परेका थिए। तर फ्यानहरुको आक्रोश देखेर उनले पछि सम्झौता रद्द गरे।

प्रकाशित : बुधबार, भदौ १५, २०७९११:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडको लाज बचाउन असफल देखिए विजय, फिल्म ‘लाइगर’ ले पानी पनि भन्न  पाएन !