काठमाडौँ : पछिल्लो समयमा अभिनय क्षेत्रमा खासै सक्रिय नभए पनि अभिनेत्री प्रियंका कार्की विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । केही समय पहिलेदेखि नै अभिनेत्री चलचित्र क्षेत्रमा फर्कने खबरले निकै चर्चा पाएको छ । उनी हालै ‘पाउमा पाउजु छैन बरिलै’ बोलको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठसँग देखिएकी थिईन्।
अहिले अभिनेत्री अभिनय क्षेत्रमा फर्कन आफूमा परिवर्तन ल्याउन खिज्दै छिन्। हालै अहिले सामाजिक सञ्जालहरुमा अभिनेत्री जिम खानामा देखिएकी छिन्।
अभिनेत्री सुत्केरी भएपछि उनको तौल निकै बढेको थियो । अहिले अभिनेत्रीले उनको तुला केही समयमा नै २३ किलो तौल घटाएर ७१ केजी भएको बताइएको छ ।
पछिल्लो समय अभिनेत्री अभिनय क्षेत्रमा कम नदेखिनुको कारण यो पनि हो कि अहिले अभिनेत्रीले घर परिवार र छोरीलाई समय दिएकी छिन्। अहिले अभिनेत्रीले उनिले जिम गरेको भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
आइतबार बेलुका अभिनेत्री प्रियंकाले सामाजिक सञ्जालमा आफ्ना हट, बोल्ड एवं स्टाइलिस तस्बिरहरु शेयर गरेकी छिन्। उनले आफ्नो फोटोशूटको तस्बिर शेयर गर्दै लेखेकी छिन् – “दृष्टिकोण(POV) : ऊ आफ्नै हट गर्लकै रुपमा फर्किएकी छे।”
मनिष राईको डिजाइनमा बनेको कालो गाउनमा प्रियंका कार्की निकै मनमोहक देखिएकी छिन्। यी तस्बिरमा ३५ वर्षीय प्रियंकाको लोभलाग्दो जवानी देख्न सकिन्छ। लेमीको मेकअप कलाले उनको सुन्दरतालाई झन् चार चाँद लगाएको छ। वर्कफ्रन्टको कुरा गर्दा अहिले प्रियंका कार्की रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा व्यस्त छिन्।