यी ३ ग्रहहरुबाट सावधान रहनुहोस्, करोडपतिलाई बनाउँछ रोडपति

काठमाडौँ : हरेक व्यक्तिको कुण्डलीमा रहेका ग्रहहरुले उनीहरुका जीवनमा प्रभाव पार्छ। कैयौँपटक ग्रहका शुभ स्थितिका कारण मानिसहरुले आफ्नो जीवनमा सफलताको चुचुरो चुम्छन्। तर कहिलेकाहीँ यी ग्रहका अशुभ स्थितिले जीवनमा धेरै कष्ट दिन्छ। स्वास्थ्यदेखि आर्थिक समस्याले मानिसलाई चारैतिरबाट घेर्छ। साहुको ऋणमा चुर्लुम्मै डुब्न पुग्छ। परिवार पनि लाखापाखा लाग्छन्। यो प्राय: अशुभ ग्रहको खराब अवस्थाको कारण हुन्छ। मानिसको जीवनमा समस्याहरु ल्याउने ती तीन ग्रहहरु कुन-कुन हुन् त ?

ज्योतिष शास्त्रमा बताईए अनुसार मुख्यतया तीन ग्रह राहु, शनि र मङ्गल यी सबै समस्याका लागि जिम्मेदार हुन्छन्।

– राहु ग्रह

ज्योतिष शास्त्र अनुसार राहु ग्रहलाई छाया ग्रह मानिन्छ। कुनै व्यक्तिको कुण्डलीमा शुभ ग्रहसँग राहु बसेको छ भने यसले शुभ फल दिन्छ तर राहु अशुभ ग्रहसँग बसेको छ भने अशुभ फल दिने विश्वास गरिन्छ।

राहु अशुभ हुँदा व्यक्तिले स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन्छ। यसबाहेक व्यक्तिको आर्थिक अवस्था पनि बिग्रन सक्छ। राहु ग्रहको अशुभ स्थितिबाट बच्नको लागि नियमित रुपमा राहुको मन्त्र “ऊँ रां राहवे नम:”  जप गर्नुहोस्।

-शनि ग्रह

ज्योतिष शास्त्रमा शनि ग्रहलाई सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह मानिन्छ। त्यसैले यो व्यक्तिको कुण्डलीमा लामो समयसम्म रहन्छ। जुन व्यक्तिको कुण्डलीमा शनिको साढेसाती, ढैय्या र महादशा हुन्छ, त्यो व्यक्ति लामो समयसम्म समस्यामा रहन्छन्।

व्यक्तिले जागिरमा समस्या, व्यवसायमा घाटा, आर्थिक स्थितिमा उथलपुथल, विवाहमा बाधा-अवरोध जस्ता समस्याको सामना गर्नु पर्नेछन्। शनिदेवको क्रूर दृष्टिबाट बच्नको लागि शनिबारको दिन शनि मन्दिरमा गई तोरीको तेल चढाउनुहोला। यसबाहेक शनिदोषबाट बच्न घोडाको टापको फलामको औँठी बनाएर आफ्नो माझी औँलामा धारण गर्नुहोस्।

-मंगल ग्रह

ज्योतिष शास्त्रमा मङ्गल ग्रहलाई ग्रहहरुका सेनापति मानिन्छ। यसलाई सबै गृहहरुमध्ये सबैभन्दा उग्र ग्रह पनि मानिन्छ। ज्योतिष शास्त्रमा बताईए अनुसार जुन व्यक्तिको कुण्डलीमा मङ्गलको स्थिति खराब हुन्छ उनीहरुको जीवनमा उथलपुथल आउँछ।

कुनै व्यक्तिको कुण्डलीमा मङ्गल छैठौँ, आठौँ र दशौँ स्थानमा छ भने यसले धन हानि गराउँछ। छैठौँ भावमा भएमा ऋणमा वृद्धि गराउँछ। मङ्गल ग्रहको अशुभ प्रभावबाट बच्नको लागि मङ्गलबारको दिन हनुमानजीको पूजा गर्नुपर्छ। यसका साथै विद्वान ज्योतिषीको सल्लाहमा मूँगा रत्न धारण गर्नुपर्छ।

प्रकाशित : सोमबार, भदौ १३, २०७९१३:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौ महिनामा नभुली गर्नुहोस् यस्ता सरल उपाय: जीवनभर हुनेछैन धन-समृद्धिको कमी !