भदौ महिनामा नभुली गर्नुहोस् यस्ता सरल उपाय: जीवनभर हुनेछैन धन-समृद्धिको कमी !

अहिले भदौ महिना चलिरहेको छ। यो महिना भगवान श्रीकृष्णलाई अति प्रिय मानिन्छ। पापको प्रायश्चितको लागि यो महिना सबैभन्दा उपयुक्त मानिन्छ। यस महिनामा दान, जप, पुण्य, तपस्याको विशेष महत्व रहेको बताइन्छ। यस महिनामा भगवान कृष्णसँगै भगवान गणेशको पूजाको पनि विशेष महत्व रहेको छ। यो महिनामा मानिसले आफ्नो जीवनमा सुख र समृद्धि ल्याउन विभिन्न उपाय गर्न सक्छन्। जान्नुहोस् यस्ता केही उपाय बारे।

काममा सफलता प्राप्त गर्न: 

यदि तपाईंको कुनै प्रकारको काम रोकिएको छ वा काममा सफलता मिलिरहेको छैन भने यस महिनामा गौशालामा गएर गाईलाई हरियो घाँस दान गर्नुहोस्। साथै गाईको सेवा गर्नुहोस् वा गौशालामा क्षमता अनुसार आर्थिक सहयोग पनि गर्न सक्नुहुन्छ।

शनिदेवलाई प्रशन्न गर्ने उपाय: 

यस महिनामा शनि ग्रहसँग सम्बन्धित वस्तुहरू कालो ओड्ने, कालो तिल, तोरीको तेल दान गर्नुहोस्। यसका कारण कुण्डलीमा शनि ग्रह बलवान हुन थाल्छ भन्ने मान्यता रहेको छ।

करियरमा सफलताका लागि: 

यो महिनामा भगवान श्रीकृष्णलाई खीर चढाउनुपर्छ। यसका साथसाथै खाँचोमा परेकालाई खीर खुवाउनु पनि निकै शुभ मानिन्छ। यसले काममा सफलता मिल्ने सम्भावना बढ्छ।

व्यापार-व्यवसायमा सफलताका लागि: 

भगवान कृष्णलाई सेतो धागो चढाउनुहोस् र त्यसपछि यो धागो आफ्नो घाँटीमा पनि लगाउनुहोस्। यसो गर्नाले व्यापारमा उन्नति हुने सम्भावना उच्च हुन्छ।

भाग्योदयको उपाय: 

भगवान कृष्णको मन्दिरमा जानुहोस् र उहाँलाई सेतो रंगको फूल चढाउनुहोस्। भदौ महिनाभर यो उपाय गरिरहनुहोस्। पूजा गरेपछि यी फूलहरू खल्तीमा राख्नुहोस्। यो उपाय गर्नाले तपाईंको जीवनबाट दुर्भाग्य टाढा हुन थाल्छ।

प्रकाशित : सोमबार, भदौ १३, २०७९१३:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ राशिका मानिस हुन्छन् सारै जिद्दी, आफ्नै ढिपीले चलाउँन खोज्छन् जीवन !