यी ४ राशिका मानिस हुन्छन् सारै जिद्दी, आफ्नै ढिपीले चलाउँन खोज्छन् जीवन !

कुनै पनि व्यक्तिको स्वभाव राशिको आधारमा सजिलै थाहा पाउन सकिन्छ। केही राशिका मानिसहरु धेरै खुसमिजास स्वभावका हुन्छन् भने कोही क्रोधित हुन्छन्। त्यसैगरी, केही यस्ता राशिहरु छन्जुन राशिका मानिसहरू जिद्दी स्वभावका मानिन्छन्। यस्ता मानिस अत्यन्त दृढ हुने गर्छन्। जान्नुहोस् यी कुन-कुन राशिका मानिस हुन्छन् अत्यन्त जिद्दी।

मेष राशि 

मेष राशिका मानिसहरु स्वभावमा निकै जिद्दी हुन्छन्। यस राशिका मानिस आफ्नो जिद्द पूरा गर्न कुनै पनि हदसम्म जान सक्छन्। उनीहरुको यस्तो जिद्दी स्वभावले कहिलेकाहीं आफैंलाई हानि गर्न पनि सक्छ।

वृष राशि 

यस राशिका मानिसहरु सबैभन्दा जिद्दी स्वभावका मानिन्छन्। यी मानिस निकै अटेरी पनि हुने गर्छन्। एकचोटि उनीहरुले जुन काम गर्ने निर्णय गरे, त्यसपछि उनीहरुलाई त्यो कार्य जुनसुकै परिस्थितिमा पनि गर्नुपर्छ, एकपटक निर्णय गरेपछि पछि हट्दैनन्। आफ्नो लक्ष्यमा पुग्न सक्दो प्रयास गर्छन्।

सिंह राशि 

यस राशिका मानिसहरु पनि स्वभावले निकै जिद्दी हुन्छन्। यस राशिका मानिसमा सूर्यको विशेष प्रभाव हुन्छन्। सिंह राशिका मानिस अनुशासित भने हुने गर्छन्। आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न रुचाउँछन्। यस राशिका मानिस धेरै सामाजिक हुन्छन्।

वृश्चिक राशि 

यस राशिका मानिसहरु आफ्नो लक्ष्य प्राप्तिमा निकै दृढ हुन्छन्। जुन लक्ष्य तय गर्छन्, त्यसलाई पूरा गर्न सम्भव भएसम्मको प्रयास गर्छन्। उनीहरूले एकपटक निर्णय गरेपछि त्यस निर्णयबाट उनीहरूलाई कसैले हटाउन सक्दैन।

प्रकाशित : सोमबार, भदौ १३, २०७९१३:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो एक हप्ता निकै लाभदायक रहनेछ यी ४ राशिका व्यक्तिलाई, कुन-कुन ?