आउँदो एक हप्ता निकै लाभदायक रहनेछ यी ४ राशिका व्यक्तिलाई, कुन-कुन ?

वृष राशि 

आर्थिक मामिलामा यो समय निकै राम्रो रहनेछ। यो समयमा तपाईंको आम्दानी बढ्नेछ। अनेक श्रोतबाट तपाईं धन आर्जन गर्न सफल हुनुहुनेछ। यस समयमा तपाईंले आफ्नो आय बढाउन धेरै अवसरहरू प्राप्त गर्नुहुनेछ। दाजुभाइ दिदीबहिनीको हरेक काममा सहयोग मिल्नेछ। कार्यस्थलमा तपाईंको कामको धेरै प्रशंसा हुनेछ। कार्यक्षेत्रमा हरेक काममा उच्च-अधिकारीको सहयोग प्राप्त हुने देखिन्छ।

सिंह राशि 

यस अवधिमा कार्यस्थलमा तपाईंको प्रदर्शन उत्कृष्ट रहनेछ। आर्थिक रुपमा हेर्दा पनि यो समय तपाईंको लागि निकै राम्रो रहनेछ। अदालती मुद्दामा सफलता मिल्ने संकेत छ। यो समयमा तपाईंले विभिन्न ठूला सफलता प्राप्त गर्न सक्नुहुनेछ। तपाईंको जीवनमा धेरै राम्रा अवसरहरू आउनेछन्। तपाईंले यी अवसरहरूको फाइदा उठाउन सक्दो प्रयास गर्नुहोस्।

कन्या राशि 

यो समय तपाईंले अचानक नयाँ स्रोतबाट धन प्राप्त गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा पदोन्नती तथा तलब वृद्धिको समेत सम्भावना रहेको छ। करियरमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। लामो समय देखि देखेको लक्ष्य प्राप्तिमा सफलता मिल्ने संकेत देखिन्छ। बोलीमा मिठास रहनेछ। तपाईंको कामको सर्वत्र प्रशंसा हुनेछ।

मकर राशि 

यो समय जागिर खानेहरुको आम्दानीमा वृद्धि हुने सम्भावना छ। आर्थिक लाभ हुने पनि प्रबल सम्भावना रहेको छ। रमणीय तथा लाभदायक यात्राको योग बन्न सक्छ। शिक्षा क्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक माहोल निकै खुसीयाली र रमणीय रहनेछ।

प्रकाशित : सोमबार, भदौ १३, २०७९१३:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि तीजको दिन हरेक महिलाले गर्नै पर्ने यस्ता उपाय, दाम्पत्य जीवन हुन्छ सुखमय !