भोलि हरितालिका तीज: राशि अनुसार रङ्गको लुगा लागएर बस्नुहोस् व्रत, बढ्नेछ सौभाग्य !

हरितालिका तीजको पूजामा आफ्नो राशि अनुसार विभिन्न रङ्गको कपडाको लगाउँदा महिलाका लागि विशेष लाभ हुने विश्वास रहेको छ। जन्ममिति अनुसार रङ्गको छनोटले व्रत बस्ने महिलाको सुख, सौभाग्य र समृद्धिमा पनि विशेष प्रभाव पार्छ। ज्योतिष शास्त्रमा मानव र रङ्गको अन्तरसम्बन्धलाई निकै व्यापक रूपमा देखाइएको छ। फरक-फरक रङ्गले विभिन्न राशिहरूमा प्रभाव पार्छ। यस्तो अवस्थामा कुनै खास रङ्गको पहिरनमा धार्मिक कार्य सम्पन्न गर्ने हो भने उक्त कार्य अझ प्रभावकारी हुन्छ।

राशि अनुसार गर्नुहोस् यस्ता रङ्गको चयन:-

मेष राशि: रातो वा गुलाबी

वृष राशि: क्रीम

मिथुन राशि: धान रङ्ग वा हल्का निलो-हरियो

कर्कट राशि: हल्का पहेंलो वा क्रीम

सिंह राशि: रातो, गुलाबी वा सुनौलो

कन्या राशि: हल्का निलो-हरियो वा हल्का हरियो

तुला राशि: क्रीम वा आकाशे निलो

वृश्चिक राशि: रातो, गुलाबी वा सुनौलो

धनु राशि: सुनौलो वा पहेंलो

मकर राशि: हल्का ग्रे

कुम्भ राशि: हल्का निलो वा खैरो

मीन राशि: हल्का वा गहिरो [पहेंलो

भोलि रहेको छ हरितारिका तीज 

भदौ शुक्ल पक्षको तृतीया तिथिमा पर्ने हरितालिका तीज यसपटक भदौ १४ गते अर्थात् भोलि परेको छ। तृतीया तिथी १३ भदौ सोमबार दिउँसो ३:३६ बजे सुरु हुनेछ, जुन भदौ १४ गते दिउँसो ३:४९ बजेसम्म रहनेछ। हस्त नक्षत्र भदौ १३ गते राति ११ः१९ बजे रहनेछ जुन भोलि भदौ १४ गते राति १२:०५ बजेसम्म रहनेछ। हरितालिका तीज व्रत उदया तिथी अनुसार भदौ १४ गते मनाइन्छ। व्रत विधिपूर्वक पालन गरेमा अखंड सौभाग्य रहन्छ।

प्रकाशित : सोमबार, भदौ १३, २०७९११:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्सीबाट सुरु भए यी ४ राशिका सुख नै सुखले भरिएका दिन, मिल्नेछ अनेक सफलता !