तीजको भोलिपल्ट १० वर्षपछि बन्दै यस्तो दुर्लभ संयोग, यस्तो कार्य गर्दा हुन्छ अत्यन्त शुभ !

गणेश चतुर्थीको विशेष महत्व रहेको छ। प्रत्येक वर्ष भाद्रपद शुक्ल पक्षको चतुर्थी तिथिमा गणेश चतुर्थी पर्ने गर्छ। यसलाई विनायक चतुर्थी पनि भनिन्छ। शास्त्र अनुसार यस दिन भगवान गणेशको जन्म भएको थियो। यस वर्ष गणेश चतुर्थी भदौ १५ गते परेको छ। यस दिन मानिसहरूले घरमा गणेशजीको मूर्ति ल्याई उहाँको पूजा गर्छन्। अनन्त चतुर्थीको दिन गणेश जीलाई बग्ने पानीमा विसर्जन गरिन्छ। यसैबीच एक दशकपछि यस वर्ष यस्तो दुर्लभ योग बन्न लागेको छ जसका कारण यो दिनको महत्व झनै बढेको छ। आउनुहोस् यो दुर्लभ योग बारे जानौं।।।

बन्दै छ यस्तो दुर्लभ योग

वैदिक क्यालेन्डरका अनुसार यस वर्ष गणेश चतुर्थीमा भगवान गणेशको जन्मजयन्तीको दिन जस्तै दुर्लभ संयोग हुने भएको छ। साथै, यस्तो संयोग १० वर्ष पहिले भएको थियो। शास्त्र अनुसार भाद्रपद शुक्ल पक्षको चतुर्थीको दिन भगवान गणेशको जन्म भएको हो। त्यस दिन पनि बुधबार थियो। यसपालि पनि यस्तै भइरहेको छ।

यस वर्ष पनि भाद्र शुक्ल चतुर्थी तिथी बुधबार परेको छ। यस शुभ संयोगमा गणपतिको पूजा गर्नाले भक्तजनहरुको लागि निकै शुभ रहनेछ। भगवान गणेशको आराधना गर्नाले सबै दुःखको अन्त्य हुन्छ। साथै घरमा सुख-समृद्धि रहनेछ।

गणेश पूजाको शुभ समय

अमृत ​​योग – बिहान ०७:१९ देखि ०८:५६ सम्म

शुभ योग – बिहान १०:२९ बजे देखि मध्यान्ह १२:०६ बजे सम्म

रवि योग – बिहान ६:१२ देखि राति १२:२७ बजे सम्म

यी योगहरूमा गणेश जीको स्थापना र पूजा गर्नु धेरै शुभ हुनेछ।

प्रकाशित : आइतबार, भदौ १२, २०७९१५:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौ १५ गते गणेश चतुर्थी : भुलेर पनि नगर्नुस् यस्तो काम, रुष्ट हुनेछन् गणेशजी, लाग्छ महापाप