भदौ १५ गते गणेश चतुर्थी : भुलेर पनि नगर्नुस् यस्तो काम, रुष्ट हुनेछन् गणेशजी, लाग्छ महापाप

काठमाडौँ : हिन्दू धर्ममा चन्द्रमालाई धेरै महत्व दिईएको छ। धेरै चाडपर्वहरुमा महिलाले चन्द्रमाको दर्शन गर्छन्। चन्द्रमाको दर्शन गरेर नै आफ्नो व्रत तोड्छन्। यसबाहेक मानिसहरु चन्द्रमाको पूजा पनि गर्छन्। ज्योतिष शास्त्रमा पनि चन्द्रमाको प्रभाव राशिमा पर्ने उल्लेख छ। हामी पनि लगभग हरेक दिन चन्द्रमालाई देख्दा आफ्नो हात जोड्छौँ। तर के तपाईलाई थाहा छ एक दिन तपाईले भुलेर पनि चन्द्रमाको दर्शन गर्नुहुँदैन्। तपाईले यसो गर्नुभएमा श्रीगणेश रिसाउँछन्।

हिन्दू मान्यता अनुसार हामीले गणेश चतुर्थीको दिन चन्द्रमाको दर्शन गर्नुहुँदैन्। यो वर्ष गणेश चतुर्थी भाद्र १५ गते बुधबारको दिन परेको छ। तपाईले पनि बुढापाकाहरुबाट पक्कै सुन्नुभएको होला गणेश चतुर्थीको दिन चन्द्रमालाई हेर्नुहुँदैन् भनेर। तर के तपाईले कहिल्यै यसको कारण जान्ने प्रयास गर्नुभएको छ ? आज हामी तपाईलाई यस पछाडीको रोचक कथा सुनाउन जाँदैछौँ।

पौराणिक कथा अनुसार एक पटक गणेशजी कतै जाँदै थिए। त्यति नै बेला उनको नजर चन्द्रमामा पर्यो। गणेशजीको बडेमानको भूडी र हात्तीको मुख देखेर चन्द्रमालाई हाँसो लाग्यो। चन्द्रमालाई हाँसिरहेको देखेर गणेश निकै क्रोधित भए। उनले रिसले चुर भई चन्द्रमालाई श्राप दिए। आफ्नो रुपमा घमण्ड गरेको भन्दै चन्द्रमालाई क्षय हुने श्राप दिए।

गणेशले अझ श्राप दिँदै भने – “आजको दिन यानी गणेश चतुर्थीको दिन यदि कसैले चन्द्रमाको दर्शन गर्छन् भने तिनीहरु कलङ्कीत हुनेछन्।” गणेशजीको यो श्राप सुनेर चन्द्रमा दुःखी भयो। ऊ एकछिन लुकेर बस्यो र कालो भयो। चन्द्रमाको यस्तो हालत देखेर देवताहरुलाई दया लाग्यो। उनीहरुले चन्द्रमालाई लड्डु र मिठाईले गणेशजीको पूजा गर्न सल्लाह दिए।

देवाताहरुका सल्लाहमा चन्द्रमाले ठीक त्यस्तै गर्यो। उसको पूजापाठ देखेर गणेशजीको क्रोध पनि शान्त भयो। उनले प्रसन्न हुँदै चन्द्रमालाई भने – ‘श्राप पूर्ण रुपमा समाप्त हुनेछैन्। म आफ्नो श्राप फिर्ता पनि लिन सक्दिन्। तर म यसलाई थोरै परिवर्तन गर्न सक्छु।’

‘अब १५ दिन तिम्रो उज्यालो बढ्नेछ र १५ दिन घट्नेछ। केवल एक दिन औँसीको दिन प्रकाश बिल्कुलै समाप्त हुनेछ। तर गणेश चतुर्थी तिमीलाई दण्डित गरेकोमा सदैव याद गरिनेछ। त्यसैले भाद्रपद शुक्ल पक्षको चतुर्थीमा कसैले चन्द्रमाको दर्शन गरे भने तिनीमाथि झुटो आरोप लाग्नेछ।’

प्रकाशित : आइतबार, भदौ १२, २०७९१६:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो २ महिना भाग्यको तारा चम्किनेछ यी ३ राशिको, हुनेछन् मालामाल !