त्रिशूली नदी किनारमा ट्रक खस्यो, आगो पनि लाग्यो !

vfg]t]n af]s]sf] 6«s k[YjL /fhdfu{sf] h/]v]tdf b'3{6gf dn]v', !@ ebf} M k[YjL/fhdfu{ cGtu{t uh'/L ufpFkflnsf–@ h/]v]tdf b'3{6gfu|:t 6«s . la/f6gu/af6 vfg]t]n af]s]/ sf7df8f}F cfpFb} u/]sf] gf%v %(%% 6«s cfOtaf/ laxfg ;8saf6 sl/a @)) ld6/ tn lqz'nL gbL lsgf/df k'u]sf] xf] . tl:a/ M z+s/ >]i7÷/f;;

मलेखु – विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना५ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ ।

सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

प्रनाउ रिमाललले भने,“प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो ।” दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आइतबार, भदौ १२, २०७९१०:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुन ३५ दिनकै सस्तो ! कति ?