पुषसम्म जीवनका हरेक सुखका आनन्द लिनेछन् यी ४ राशिले, मङ्गल-बुध-गुरुले वर्षाउनेछ कृपा

काठमाडौँ : ज्योतिष शास्त्रले राशिको आधारमा हाम्रो भविष्य बताउँछ। शास्त्र अनुसार कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा त्यसको शुभ-अशुभ प्रभाव सबै १२ वटै राशिहरुमा पर्छ। भदौ ४ गते शनिबारदेखि मङ्गल, बुध र बृहस्पति ग्रहले आफ्नो राशि परिवर्तन गरिसकेको छ। यी ग्रहका चालको फेरबदलले ४ राशिका जातकलाई धेरै लाभ दिनेछ। उनीहरुले यो लाभ पुष २२ गते शुक्रबार सम्म पाउनेछन्। अर्थात् आगामी ४ महिना उनीहरुका लागि अत्यन्तै शुभ रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका व्यक्तिहरुले ग्रह गोचरबाट अधिकतम लाभ उठाउनेछन्। आगामी चार महिना उनीहरुका लागि निकै भाग्यशाली रहनेछ। उनीहरुले जुन काममा हात हाल्नेछन् त्यो शीघ्र पूरा हुनेछन्। यी महिनामा तपाईलाई धेरै धन-लाभ हुनेछ। रोजगार गरिरहेकाहरुको पदबाट बढुवा हुनेछ। व्यवसायीहरुले मनग्यै मुनाफा कमाउनेछन्। कुनै शुभ कार्यको लागि लामो यात्रामा पनि जान सक्नुहुन्छ। घरमा विवाहको योग बन्न सक्छ। सन्तानको पक्षबाट शुभ समाचार प्राप्त हुन् सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका व्यक्तिहरुका लागि आगामी चार महिना निकै लाभदायी रहनेछ। उनीहरुलाई प्रशस्त आर्थिक लाभ हुनेछ। मानिसहरुले तपाईको कामको तारिफ गर्नेछन्। तलब वृद्दि हुन् सक्छ। नयाँ व्यापार-व्यवसाय विस्तारको लागि समय उपयुक्त छ। व्यवसायबाट प्रचुर नाफा कमाउनुहुनेछ। नयाँ वाहन तथा घरजग्गा खरिदको योग देखिन्छ। शेयर बजारमा लगानी गर्नु नाफामूलक साबित हुनेछ। भगवानप्रति आस्था बढ्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो ग्रह परिवर्तनले वृश्चिक राशिका लागि धेरै खुसी ल्याउनेछ। केही शुभ समाचार प्राप्त गर्नुहुनेछ। सन्तानको सुख प्राप्तिको योग छ। परिवारमा हर्षोल्लास र खुशीको वातावरण रहनेछ। प्रियजनसँग प्रेम बढ्नेछ। पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ। पैसा लगानी गर्नको लागि समय उत्तम छ। समाजमा तपाईबारे खोजीनीति बढ्नेछ। बेरोजगारहरुले रोजगारी पाउन सक्नेछन्। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। पुरानो पीडा समाप्त हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

ती ग्रहको यो गोचरले मीन राशिका जातकको पोल्टा सुख-समृद्दी र पैसाले भर्नेछ। आउँदो ४ महिना कुनै पनि खाले समस्याको सामना गर्नुपर्दैन्। रोकिएका सबै काम समयमै पूरा हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। व्यापार व्यावसायमा मनग्य लाभ हुनसक्छ। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा देख्न पाउनेछन्। वैदेशिक यात्राको योग पनि बनेको छ। अविवाहितको विवाहको साइत जुर्न सक्छ। सबै सपना साकार हुनेछन्। सापटी दिएको पैसा फिर्ता हुनेछ।

प्रकाशित : शनिबार, भदौ ११, २०७९१३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि भदौ १२ गतेको राशिफल : आइतबार यी राशिको हुनेछ भाग्योदय, सफल हुनेछन् प्रयास