भोलि भदौ १२ गतेको राशिफल : आइतबार यी राशिको हुनेछ भाग्योदय, सफल हुनेछन् प्रयास

भदौ १२ गते आइतबारको राशिफल : पञ्चाङ्ग : – दिन – आइतबार ।।।  नक्षत्र – पूर्वफाल्गुनी , २२:३२ बजे उप्रान्त उत्तरफाल्गुनी ।।। तिथि – प्रतिपदा , १४:०९ बजे उप्रान्त द्वितिय ।।।  करण – वव १४:०९ बजेदेखि वालव , २६:२५ बजे उप्रान्त गर ।।।  योग – सिद्ध , २७:२२ बजे उप्रान्त साध्य ।।।  भदौ १२, २०७९, आइतबार ।।। २८ अगस्ट सन् २०२२ ।।। प्रतिपदा, भाद्र शुक्लपक्ष ।।। ञलाथ्व, ११४२ ने.सं. ।।।  सूर्योदय(Sunrise) – ०५:४१ AM ।।। सूर्यास्त(sunset) – १८:४२ PM ।।। कार्यक्रमहरू : – गुँला धर्म समाप्ति ।।। शुभ साइत : होम गर्ने साइत ।।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : कम समयमा नै अधिक लाभ पाउने विचारमा नफस्नुहोला। अदालती विषयमा नपर्नुहोला। मानसिक रूपले एकाग्रता कमरहनेछ। शारीरिक स्वास्थ्य सम्हाल्नुहोला। धन सम्बंधित लेन-देनमा ध्यान राख्नुहोला। मध्यान्नपछि सहज महसुस गर्नुहुनेछ। पारिवारिक वातावरणमा सुख-शान्ति बनिरहनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : घर एवम् सन्तान सम्बन्धि शुभ समाचार मिल्नेछ। पुरानो वा बाल्यकालको साथीसँग आनन्दमे समय बिताउनुहुनेछ। नयाँ मित्र बनाउन सक्नुहुनेछ। व्यवसायिक एवम् आर्थिक रूपले लाभ मिल्नेछ। शारीरिक र मानसिक रूपले स्वास्थ्य बिग्रन सक्ला। धार्मिक कार्यमा खर्च हुन सक्ला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : दिन अनुकूलताभरा र लाभदायी रहनेछ। व्यवसायिक क्षेत्रमा उच्च अधिकारीगणको कृपादृष्टिले प्रगतिको मार्ग निर्विध्न हुनेछ। व्यापारमा आय वृद्दि हुनेछ। पिता र ठुलो आशीर्वादबाट लाभ मिल्नेछ। मध्यान्नपछि मित्रबाट लाभ हुनेछ। कुनै सामाजिक प्रसंगमा उपस्थित रहनु पर्न सक्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : उच्च अधिकारिसँग बोलि र व्यवहारमा ध्यान राख्नुहोला। शारीरिक रूपले अस्वस्थ र मानसिक चिन्ता बनिरहनेछ। व्यापारमा विध्न आउन सक्ला। मध्यान्नपछि व्यवसायिक क्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। उच्च अधिकारीसँग कार्यको सन्तोष मिल्नेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : रिस र बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यमा ध्यान राख्नुहोला। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। मानसिक रूपले निराश अनुभव गर्नुहुनेछ। परिवारसँग झगडा हुन सक्ला। उच्च अधिकारी, प्रतिस्पर्धिसँग वाद-विवादमा नउत्रिनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : घुमफिर, खानपिन एवम् मनोरंजनमा आननदपूर्वक समय बिताउनुहुनेछ। मध्यान्नपछि प्रतिकूलतालाई प्रतिकार गर्नुहुनेछ। स्वास्थ्यले सताउनेछ। आकस्मिक धनलाभले चिन्ता कम गर्नेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : दृढ मनोबल र आत्मविश्वाससँग प्रत्येक कार्यलाई सफल बनाउनुहुनेछ। घरायसीजीवमा सुख र शान्ति बनिरहनेछ। शारीरिक स्वास्थ्य स्वस्थ रहनेछ। स्वभावमा उग्रता बनिरहनेछ। मध्यान्नपछि तपाईको प्रवृत्तिमा परिवर्तन आउनेछ। मित्र र आफन्तसँग यात्रा वा भ्रम हुने योग रहेको छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : मानसिक रूपबाट भावुकताको मात्रा अधिक रहनेछ। विद्यार्थीले अभ्यास र भविष्य सम्बन्धित सफलता प्राप्त गर्नेछन्। कल्पनाशक्तिबाट साहित्य-सिर्जनमा नवीनता ल्याउन सक्नुहुनेछ। घरको वातावरण मा सुख-शान्ति बनिरहनेछ। व्यवसायमा सफलता प्राप्त हुनेछ र सहकर्मीको सहयोग मिल्नेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : पारिवारिक शान्ति बनाई राख्नुहोला। आमाको स्वास्थ्य खराब रहन सक्ला। धन र प्रतिष्ठामा हानी होला। मध्यान्नपछि स्वभावमा भावुकता बढ्न सक्छ। तपाईको सिर्जनशक्तिमा सकारात्मक वृद्धि हुनेछ। विधार्थीको लागि समय अनुकुल हुनेछ। आफन्तसँग घनिष्ठता वृद्धि हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : आवश्यक निर्णय लिनको लागि वैचारिक दृढता र स्थिरतालाई सर्वप्रथम स्थान दिनुहुनेछ। मित्र र प्रियपात्रसँग भेट हुनेछ। भाईसँग आफन्त निकटता आउनेछ । मध्यान्नपछि अरुचिकर घटनाबाट मन अस्वस्थ हुनेछ । धन र प्रसिद्दिमा हानी होला। आमाको स्वास्थ्यको चिन्ता रहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : रिस र बोलिमा विशेष ध्यान राख्नुहोला। नकारात्मक विचार मनमा आउन नदिनुहोला। खानपिनमा ध्यान राख्नुहोला। मध्यान्नपछि वैचारिक स्थिरताको साथ भएको कार्य पूर्ण हुनेछ। रचनात्मक अथवा सिर्जनात्मक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : तपाईको दिन शुभफलदायी रहनेछ। शारीरिक, मानसिक स्वस्थ र उत्साही बनिरहनेछ। नयाँ कार्य शुभारम्भ गर्नको लागि अनुकूल दिन रहेको छ । परिवारसँग समय आनन्दपूर्वक बित्नेछ। धार्मिक कार्यमा खर्च हुनेछ। मध्यान्नपछि विशेष ध्यान राख्नुहोला। कुनै वादविवाद वा झगडा होला।

प्रकाशित : शनिबार, भदौ ११, २०७९२१:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौ १२ गतेको राशिफल : यी ४ राशिका लागि कष्टदायी हुनेछ आइतबारको दिन, जोखिमपूर्ण काम नगरेकै वेश