काठमाडौँ : अगस्ट महिना ३१ तारिखमा समाप्त हुँदैछ। साउनदेखि रक्षाबन्धन र कृष्ण जन्माष्टमीसम्म यस महिनामा विभिन्न चाडपर्वहरू परे। यस अवस्थामा धेरै मानिसहरुका लागि यो महिना निकै शुभ रह्यो। यसै महिनाको अगस्ट ७ तारिखमा शुक्रदेवले आफ्नो राशि परिवर्तन गर्यो र मिथुन राशिबाट निक्लिएर कर्कट राशिमा प्रवेश गरेको छ। यहाँ शुक्र अगस्ट ३१ तारिखसम्म रहनेछ। यस्तो अवस्थामा अगस्ट ३१ तारिखसम्मको समय केही राशिका लागि लाभदायी साबित हुनेछ।
ज्योतिष शास्त्र अनुसार ग्रहका राशि परिवर्तनको शुभ-अशुभ असर सबै १२ वटै राशिहरुमा पर्छ। शुक्रको गोचरले चार राशिको जातकको जीवनमा धेरै खुशीयाली र रमझम ल्याउनेछ। शुक्र ग्रहलाई सुख-सुविधा, ऐश्वर्य, सौन्दर्य, वाणी र वैभवजस्ता चीजका कारक मानिन्छ। त्यसोभए कुन-कुन भाग्यशाली राशिले शुक्रको गोचरबाट लाभ हासिल गर्नेछन् त ?
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
शुक्र के राशि बदलने से वृषभ राशि के जातकों को धन लाभ होगा। आपका उधारी का और अटका हुआ पैसा वापस मिल जाएगा। धन कमाने के नए साधन मिलेंगे। नौकरी में लाभ होगा। बॉस आपके काम से खुश हो सकता है। आपको जल्द प्रमोशन मिल सकता है। बिजनेस में ग्रहकी बढ़ जाएगी। जीवन के दुख समाप्त होंगे। शत्रु आपका कुछ नहीं बिगाड़ पाएंगे। किसी शुभ काम से यात्रा हो सकती है।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
शुक्रको गोचरले कन्या राशिका जातकको भाग्य चम्काउँछ। जुनसुकै काममा हात हाल्दा पनि भाग्यको बलमा ती काम समयमै पूरा हुनेछन्। घर-परिवारमा सुख-शान्तिको माहोल रहनेछ। विद्यार्थीहरुका लागि यो समय राम्रो रहनेछ। उनीहरुले मनले चाहेको परिणाम प्राप्त गर्नेछन्। घरमा कुनै शुभ कार्यको आयोजना हुन् सक्छ। स्वास्थ्य अवस्थामा सुधार आउनेछ। पुराना रोगबाट मुक्ति पाउनुहुनेछ। नयाँ कामको प्रस्ताव पाउनुहुनेछ। व्यापारमा ठूलो सम्झौता हुन् सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
शुक्र गोचरका कारण तुला राशिका जीवनमा धेरै खुशीयाली आउनेछ। सम्पूर्ण दुख-दर्दहरु समाप्त हुनेछन्। जीवनमा राम्रा कुराहरु मात्र हुनेछन्। नयाँ घर तथा सवारी साधन खरिदको योग बनेको छ। दाम्पत्य जीवनमा मधुरता आउनेछ। पति-पत्नीबीचको प्रेम बढ्नेछ। खर्च कम हुनेछ। आर्थिक रुपमा तपाईको स्थिति मजबूत हुनेछ। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। प्रियजनबाट माया र साथ मिल्नेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
शुक्रको राशि परिवर्तनले वृश्चिक राशिका व्यक्तिहरूले मान-सम्मान प्राप्त गर्नेछन्। समाजमा तपाईको मान सम्मान बढ्नेछ। तपाईंले जीवनमा ठूलो कुरा हासिल गर्नुहुनेछ। मानिसहरू तपाईंका प्रशंसक बन्नेछन्। तपाईको कामको प्रशंसा हुनेछ। तपाईको आत्मविश्वास बढ्नेछ। सन्तानको सुख मिल्नेछ। केही शुभ समाचार प्राप्त हुनेछ। पैसा लगानी गर्नको लागि समय उपयुक्त छ। रोग-व्याधिबाट मुक्ति पाउनुहुनेछ। घुमघाम हुनेछ।