हरेक शुभकार्यमा भगवान गणेशको विशेष पूजा आरधना गरिन्छ। घर तथा मन्दिरमा कुनै पनि शुभ कार्य गर्नुअघि भगवान गणेशको पूजा आरधना अनिवार्य रहेको छ। मान्यता छ कि भगवान गणेश सजिलै प्रशन्न हुनुहुन्छ र सारा दुख कष्टबाट मुक्ति दिलाउँनु हुन्छ। तर भगवान गणेशको पूजामा गरिने केहि गल्तीका कारण ठूलो आर्थिक नोक्सान पनि हुनसक्छ। आज हामी यस्तै केहि गल्तीका बारेमा जानकारी गराउनेछौँ, जुन श्री गणेशको पूजाको समय भुलेर पनि गर्न हुँदैन।
गणेशको पूजामा भुलेर पनि गर्न हुँदैन यस्ता गल्ती
यदि तपाईंको घरको पूजा कोठामा पहिले नै भगवान गणेशको मूर्ति राखिएको छ भने पहिलो मूर्तिलाई बिसर्जन नगरी दोस्रो मूर्ति स्थापान गर्नु हुँदैन।
पूजा स्थानमा भगवान गणेशको मूर्ति राख्दा कहिले पनि पिठ नदेखिने गरी राख्नु हुँदैन। भगवान् गणेशको पिठ देखिनाले घरमा गरिबी भित्रिने विश्वास रहेको छ।
भगवान गणेशलाइ कहिले पनि तुलसीको दल वा पात चढाउनु हुँदैन। यस्तो गर्नाले तपाईंको जीवनमा ठूलो नोक्सानी हुन सक्छ। श्री गणेशलाई सधैं चोखो दुबो चढाउनु शुभ मानिन्छ।
भगवान गणेशको पूजामा कहिले पानी कालो रङ्ग तथा कपडाको प्रयोग गर्नु हुँदैन।
घरमा गणेशको मूर्ति स्थपना गर्दा सधैं बायाँ भागमा राख्नु शुभ मानिन्छ।