हिन्दु पात्रो अनुसार भाद्रपद महिनाको औंशी भोलि भदौ ११ गते शनिबार परेको छ। शनिबार औंशी परेकाले यसलाई शनिचरी औंशी पनि भनिएको हो। शनिबारलाई शनिदेवको लागि समर्पित मानिन्छ। ग्रहहरूका अधिपति शनिदेवको हाल केही राशिहरूमा टेडो नजर छ। शनिदेवको कृपा नहुँदा यी राशि हुनेहरुको लागि यो समय भारी साबित हुनसक्छ। यस्तो अवस्थामा शनि ग्रहको अशुभ प्रभावलाई कम गर्न शनिचरी औंशीको दिनलाई विशेष मानिन्छ।
यी पाँच राशिमा शनिको टेडो नजर
हाल शनि मकर राशिमा विराजमान छ। शनि प्रतिगामी अवस्थामा छ। शनि मकर राशिमा भएकाले धनु, मकर र कुम्भ राशिका लागि शनिको साढे साती चलिरहेको छ। मिथुन र तुला राशिका मानिसहरूमा शनिधाईको प्रभाव छ। यस्तो अवस्थामा शनि औंशीको दिन यी राशिका मानिसका लागि निकै महत्वपूर्ण मानिन्छ। औंशीका दिन शनि साढे साती र ढैय्याले पिडित राशि भएका व्यक्तिले शनि सम्बन्धित उपाय गरेमा अशुभ प्रभाव कम हुने जनविश्वास रहेको छ।
यसरी गर्नुहोस् शनिदेवको पूजा
शनि औंशीका दिन स्नान गरी व्रतको संकल्प लिनुपर्छ। शनि मन्दिरमा जानुहोस् र त्यहाँ सफा गर्नुहोस्। यसपछि शनिदेवको विधिवत पूजा गर्नुहोस्। कालो तिल मिसाएर तोरीको तेलले शनिदेवको अभिषेक गर्नुहोस्। अब शनिदेवलाई नीलो फूल चढाउनुहोस्। शनि औंशीको दिन शनिदेवको दर्शन गर्नाले शनिदोषबाट मुक्ति पाउने विश्वास छ। शनिदोषबाट छुटकारा पाउन यस दिन शमीको रूखको पूजा गर्नुहोस्। बेलुकी पिपलको रुखमुनि तोरीको तेलको दियो बाल्नुहोस्। शनि मन्त्र जप गर्नुहोस्।
शनिदोषबाट छुटकारा पाउने सरल उपाय
सूर्यास्त पछि पीपलको रूखको मुनी बत्ती बाल्नुहोस्। शनिदेवलाई तेल चढाएर पूजा गर्नुहोस्। पीपलको रूखमा जल चढाएर पूजा गर्नुहोस्, त्यसपछि सात परिक्रमा गर्नुहोस्। हरेक शनिबार बिहान नुहाउने कर्मबाट निवृत्त भएर तेल दान गर्नुहोस्। हनुमानजीलाई सिंदूर र चमेली चढाउनुहोस्। शनि चालिसा पढ्नुहोस्।