आगामी ४ महिना ४ राशिको खुल्नेछ भाग्य, सुख-समृद्धिले भरिपूर्ण हुनेछ दिन

काठमाडौँ : ज्योतिष शास्त्रले राशि र ग्रहहरुका स्थितिका आधारमा मानिसको भविष्य बताउँछ। शास्त्र अनुसार कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा त्यसको शुभ-अशुभ प्रभाव सबै राशिहरुमा पर्छ। आगामी १४० दिनमा मङ्गल, बुध र बृहस्पति जस्ता धेरै ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्दैछन्। यस्तो अवस्थामा ४ विशेष राशिको भाग्य चम्किँदैछ। त्यसोभए यी भाग्यशाली राशिका व्यक्तिहरूले के-के फाइदा पाउँछन् त।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका लागि आगामी १४० दिन शुभ फलदायी रहनेछ। तपाईको भाग्य धेरै दिन पछि चरम सीमामा हुनेछ। जुन काममा हात हाल्नुहुन्छ ती काम बिना बाधा-अवरोध पूरा हुनेछन्। नयाँ कामको प्रस्ताव प्राप्त गर्नुहुनेछ। कामको शिलशिलामा वैदेशिक यात्राको योग देखिन्छ।

पति-पत्नीबीच प्रेम बढ्नेछ। अभिभावकको स्वास्थ्य राम्रो रहनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। घरमा छिट्टै कुनै माङ्गलिक कार्य हुन सक्छ। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। नोकरी तथा व्यवसायमा लाभ हुनेछ। प्रेम सम्बन्धको मामिलामा सफलता मिल्नेछ। घरजग्गाको मामिलामा निर्णय तपाईको पक्षमा हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका लागि आगामी १४० दिन सुख-समृद्धिले भरिपूर्ण रहने छ। जीवनका सम्पूर्ण दु:खदर्दहरु क्रमशः समाप्त हुनेछन्। भगवानले तपाईलाई साथ दिनेछन्। घरपरिवारमा खुशीको माहोल रहनेछ। आर्थिक स्थिति मजबूत बन्नेछ। धन आर्जनका नयाँ साधनहरु फेला पर्नेछ। काममा प्रगति हुनेछ।

बेरोजगारहरूले रोजगारको अवसर पाउनेछन्। व्यवसायीहरुले लाभ उठाउनेछन्। नयाँ सवारी साधन तथा घर खरिद गर्ने अवसर मिल्नेछ। विवाहमा बाधा उत्पन्न भएका जातकको छिट्टै विवाह हुन् सक्छ। समाजमा मान सम्मान बढ्नेछ। यी 140 दिन विद्यार्थीहरूको लागि धेरै लाभदायक हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका लागि आगामी १४० दिन सुखमय रहनेछ। शत्रुले तपाईलाई हानि गर्न सक्नेछैन। जीवनमा केही नयाँ र रोमाञ्चक हुनेछ। छिट्टै केही शुभ समाचार प्राप्त गर्नुहुनेछ। तपाईको कलाकौशलता बढ्नेछ। आफ्नो प्रतिभाको दममा केही ठूलो उपलब्धि हासिल गर्नुहुनेछ। तपाईको कामबाट आमाबुबा गौरान्वित हुनेछन्। स्वास्थ्य अवस्था राम्रो रहनेछ।

दाम्पत्य जीवनमा मधुरता आउनेछ। सन्तान सुख मिल्नेछ। कुनै शुभ कार्यले यात्राको अवसर जुर्नेछ। विवाहको योग पनि बन्न सक्छ। अड्डा-अदालतको मामिलाको टुङ्गो लाग्नेछ। लगानीको लागि यो उपयुक्त समय हो। बढुवाको योग देखिन्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिले आगामी १४० दिनमा ठूलो धन राशि हासिल गर्नेछन्। पैसा कमाउने नयाँ-नयाँ अवसरहरु प्राप्त गर्नुहुनेछ। खर्चमा कमी आउनेछ। सम्पत्तिसम्बन्धी कामबाट उठाउनुहुनेछ। नयाँ सवारी साधन खरिदको लागि समय अनुकूल छ। पारिवारिक समस्या अन्त्य हुनेछ। लामो समय पछि तपाई तनावमुक्त हुनुहुनेछ। जीवनका सबै चिन्ताहरू उडेर जानेछन्।

विद्यार्थीहरूले अध्ययनमा राम्रो नतिजा ल्याउनेछन्। पति-पत्नीको सम्बन्ध सुमधुर बन्नेछ। कतैबाट अचानक धन प्राप्त हुन सक्छ। प्रियजनको साथ-सहयोग प्राप्त हुनेछ। विशेष व्यक्तिसँग भेट हुनेछ। उक्त व्यक्तिले तपाईको जिन्दगीमा धेरै राम्रो बदलावहरु ल्याउनेछ। प्रेम सम्बन्धको मामिलामा तपाई सफल रहनुहुनेछ।

 

प्रकाशित : शुक्रबार, भदौ १०, २०७९११:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिमा छ शनिको अशुभ नजर, भोलि औंशीको दिन यस्ता उपाय गर्दा कम हुन्छ प्रभाव !