काठमाडौँ – नेपाल धितोपत्र बोर्डले सि-आश्वा शुल्क लिन पाउने नियममा परिवर्तन गरेको छ। आइतबार साँझ बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सार्वजनिक निष्कासनमा लाग्ने सि-आश्वा शुल्क घटाउने निर्णय गरेको हो।
आइतबार भएको निर्णय अनुसार सि-आश्वा शुल्क ५ रूपैयाँ भन्दा बढी लिन पाइनेछैन। यो निर्णय लागू भएपछि कुनै पनि बैंकले ५ रुपैंयाँ भन्दा बढी शुल्क लिन पाउने छैनन्।
यस भन्दा अगाडी बैंकहरुले १० देखि एक सय रुपैंयाँ सम्म शुल्क लिँदै आएका थिए। सि-आश्वा शुल्कका कारण लगानीकर्ता मारमा परेको गुनासो बढेसँगै यस्तो निर्णय गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरुले लिने शुल्कबाट १ रुपैयाँ सीडीएसी, १ प्रबन्धक कम्पनी प्राप्त गर्नेछन् भने बाँकी रकम बैंकले नै राख्नेछ। आइतबार भएको निर्णय छिट्टै कार्यान्वयन गर्ने बोर्डको तयारी रहेको छ।
त्यस्तै केहि बैंकहरुले भने सि-आश्वा शुल्क लिने गरेका छैनन्। शुल्क नलिने बैंकहरुमा कुमारी, नबिल, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया बैंक लगायत छन्।