चुनाव हारेका बारे स्थापितले पहिलो पटक मुख खोले, बालेनलाई दिए शासक नबन्न सुझाव !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले शासक होइन सेवक भएर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन्। आइतबार सामाजिक संजाल फेसबुक मार्फत स्थापितले निर्वाचित जनप्रतिनिधिहरुलाई शासक होइन सेवक भएर काम गर्न सुझाव दिएका हुन्।

स्थापित स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार थिए। नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका उनी तेस्रो भएका थिए। मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले बाजी मारेका थिए। स्थानीय तहको निर्वाचनमा पराजित भएयता स्थापित कमै मात्र सार्वजनिक रुपमा देखिने गरेका छन्।

तर पछिल्लो समय उनी सामाजिक संजालमा अभाने सक्रिय भैरहेका छन्। आइतबार स्थापितले निर्वाचनमा जित हारलाई सामान्य रुपमा लिएको बताएका छन्। आफू पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति रहेको स्थापितको भनाई छ।

“म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु।”,स्थापितले सामाजिक संजाल फेसबुकमा लेखेका छन्।

निर्वाचनमा पराजित भएपनि काठमाडौंको विकास र समृद्धिप्रतिको आकांक्षा अलिकति पनि नधर्मराएको स्थापितले फेसबुकमा उल्लेख गरेका छन्। उनले लेखेका छन्,”जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन्। यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धर्मराएको छैन। निर्वाचित जनप्रतिनिधिलाई शासक होइन सेवक भएर काम गर्न आग्रह गर्दछु।”

प्रकाशित : आइतबार, भदौ ०५, २०७९१७:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्सि देखि खुल्दैछ अर्को आईपीओ, सर्वसाधारणको भागमा कति ?