नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने !

काठमाडौं, नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

चितवन जिल्लाको रत्ननगर नगरपालिका, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय छ ।

प्रकाशित : मङ्गलबार, साउन ३१, २०७९१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेको इन्स्युरेन्सको नाफा बढ्यो