नेको इन्स्युरेन्सको नाफा बढ्यो

काठमाडौं,  नेको इन्स्युरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५५ करोड एक लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.०३ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ५० करोड ४५ लाख रुपैयाँ थियो । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ । जसले नाफा वृद्धिमा सहयोग पुगेको हो ।

यस इन्स्युरेन्सको खुद बिमा शुल्क आम्दानी पनि ४.५० प्रतिशतले बढेर असार मसान्तसम्म एक अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

नेकोको चुक्ता पुँजी एक अर्ब ७४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष पनि सामान्य बढेको छ भने बिमा कोषमा २५.०२ प्रतिशतले वृद्धि भएको छ ।

रिजर्भ कोषमा ४८ करोड ७३ लाख रुपैयाँ र बिमा कोषमा एक अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ । वित्तीय विवरणअनुसार नेकोको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९० पैसा छ ।

प्रकाशित : मङ्गलबार, साउन ३१, २०७९१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पिपुल्स पावर लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन !