काठमाडौं -सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओको निष्कासन बन्द छिटोमा साउन १७ गते बैंकिङ समयपछि हुनेछ । यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा यो आईपीओमा साउन २७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ । आईपीओको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ ।