काठमाडौंका लागि उडेको विमानको इन्जिनमा समस्या, पोखरामा आकस्मिक अवतरण !

काठमाडौं, यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो ।

उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो ।

प्रकाशित : शुक्रबार, साउन १३, २०७९१०:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज सुन २३ दिनकै महँगो !