प्रशिक्षक जाभी बार्सिलोनासँग किन अमेरिका जान पाएनन् ?

एजेन्सी – बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज टोलीसँगै अमेरिका जान असफल भएका छन् । उनको भिसा कागजातमा प्रशासनिक समस्या भएपछि जाभीको अमेरिका यात्रामा केहि ढिलाई हुने भएको छ ।

कतारको अल सादका पूर्व खेलाडी रहेका जाभी खेलको सिलसिलामा इरान पुगेका कारण उनको यात्रामा ढिलाई भएको हो । इरानमा पुगेका जो कोहिले सहजै अमेरिकामा प्रवेश पाउँदैनन् । त्यसका लागि विशेष अनुमति लिनुपर्ने हुन्छ ।

बार्सिलोनाले समस्या समाधानका लागि शुक्रबार नै प्रयास गरेको थियो र सुल्झिएको ख‌बर पनि पायो । तर जब जाभी एयरपोर्ट पुगेका थिए र उड्न जाने तयारीमा थिए, कम्प्युटर सिस्टममा हरियो बत्ति बलेन । त्यसका कारण उनको यात्रा रोकिएको थियो ।

समस्या समाधानका लागि क्लबले पहल गरेको भएपनि तत्काल त्यो सम्भव भएन । अब सोमबार मात्र उनको यात्राको प्रक्रिया अघि बढ्नेछ ।

जाभी सोमबार साझसम्म अमेरिका पुग्ने अपेक्षा गरिएको छ । मंगलबार इन्टर मायमीसँग हुने खेलअघि उनले टोलीको अन्तिम अभ्यास सत्रको नेतृत्व गर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : आइतबार, साउन ०१, २०७९१०:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्रुसको दावी – ‘रियलले सबै ६ उपाधि जित्छ’